पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नामका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ।

गत २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले हालसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् सरकारलाई पूर्णता दिन नसकेपछि गठबन्धनभित्रैबाट आलोचना भइरहेको छ।
सरकारमा हाल माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् । यसैगरी कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री, बालकृष्ण खाँण गृहमन्त्री, डा. नारायण खड्का परराष्ट्रमन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् ।
गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी हालसम्म एक जनालाई पनि सरकारमा पठाएका छैनन्। यसअघि शनिबार बसेको स्थायी समितिको बैठकमा अन्य विविध विषयमा छलफल गरे पनि मन्त्रिपरिषद्मा सहभागी हुने नेताहरूको बारेमा आजको बैठकमा छलफल गर्ने सहमति बनेको प्रवक्ता कृष्णबहादुर महराले बताएका थिए।
प्रतिक्रिया दिनुहोस्