पूर्वपश्चिम राजमार्ग अन्र्तगत कोहलपुर किरणनाला नजिक गरिएको चक्का जाम २ घन्टा पछि खुलेको छ । बाँकेको कोहलपुरमा शनिबार राती मोटरसाईकलाई ट्रयाक्टरले ठक्कर दिदाँ एक युवकको ज्यान गएपछि उनका परिवारले किरणनाला नजिक चक्का जाम गरेका थिए । मृतकका आफ्न्तले उचित क्षतिपुर्तिको माग गदै आज दिउसो १ बजे सडकमा टायर बालेर प्रर्दशन गरेका थिए । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरिक्षक डिएसपि रबिद्र खनाले बन्द राजमार्ग दुई घन्टा पछि सन्चालनमा आएको जानकारी दिनुभयो । ठक्कर दिने ट्रयाक्टर ईलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा रहेको छ भने फरार ट्रयाक्टरका चालकलाई आईतवार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरिक्षक डिएसपि रबिद्र खनाले जानकारी दिनुभयो । बारा जिल्लाका ट्याक्टरका साहु निरोध आलम अन्सारीलाई कोहलपुरमा उपस्थित गराउने समेत प्रतिबद्धता जनाउनुभयो । शनिबार राती ८ बजे कोहलपुर नगरपालिका– ५ एनसिसिएन नजिकै ट्रयाक्टरले ठक्कर दिदाँ मोटरसाईकलमा सवार कोहलपुर– २ का सन्तोष अधिकारीको मृत्यु भएको थियो।