प्रभाकर भट्टराईले नामको अगाडि डाक्टर उल्लेख गरी विरामी स्वास्थ्य चेकजाँच गर्दै
वि.एन.वाइ. एस अध्ययनले नामको अगाडि डाक्टर उल्लेख गर्न नमिल्ने वा ऐनमा नभएको – नेपाल स्वास्थ्य व्यवसायी परिषद

काठमाडौं/ नेपालको चिकित्सा क्षेत्रमा मेडिकल अनुमति नलिएका, नक्कली एनएमसी नम्वर प्रयोग गरेर स्वघोषित रुपमा आफुलाई डाक्टर बताउँदै विरामी जाँच गर्ने डाक्टरहरुले स्वास्थ्य जस्तो संवेदनशी क्षेत्रमा मेडिकल अनुमति वेगर स्वास्थ्य सेवा प्रवाह गर्नु कत्तिको जायज होला ? अथवा नेपाल मेडिकल काउन्सिलको परीक्षामा सहभागी नै नभएर डाक्टर बन्न पाउने व्यवस्था छ ? यो विषयमा नेपाल मेडिकल काउन्सिलको एउटै भनाई छ, यस्तो कुनै ऐन नै बनेको छैन । तसर्थ मेडिकल अनुमति नलिएका, नक्कली एनएमसी नम्वर प्रयोग गरिरहेका डाक्टरहरु स्वतः अवैधानिक हुन् ।
यसैगरी बाँके जिल्लाको कोहलपुरमा रहेको कौशल्या अस्पताल प्रा.ली.मा कार्यरत डाक्टर प्रभाकर भट्टराई अपस्तालमा आउने विरामीको स्वास्थ्य जाँच गरिरहेका छन् । उनले नामको अगाडी डाक्टर उल्लेख गरेर विरामी जाँच्ने गरेको पाइएको छ । उनी काउन्सिलबाट अहिलेसम्म सम्बन्धन नै प्राप्त नगरेको काउन्सिलले जनाएको छ । उनले नेपाल मेडिकल काउन्सिल ऐन २०२० मा उल्लेख भएको व्यवस्था अनुसार नामको अगाडी डाक्टर लेख्न नपाउने कानुनी अड्चन छ । यस विषयमा नेपाल मेडिकल काउन्सिलसँग टेलिफोन सम्पर्कमा डा. भट्टराई अहिलेसम्म काउन्सिलसँग सम्बन्धन नरहेको बताएको छ ।


डा. भट्टराईले आफ्नो नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा सम्बन्धन रहेको बताएका छन् । उनले आफ्नो नेमप्लेटमा नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपीसी) नम्वर उल्लेख गरेका छन् । ए ३७ उल्लेख गरिएको एनएचपीसी नम्बर पनि अर्कैको नाममा दर्ता रहेको पाइएको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा ए १५ एनएचपीसी नम्बरमा उनको नाम दर्ता भएको परिषद्ले जनाएको छ । ऐन अनुसार व्यवसायी परिषद्मा सम्बन्धन भएकै आधारमा नामको अगाडी डाक्टर लेख्न पाउने व्यवस्था नै छैन । उनीसँग यस विषयमा जिज्ञासा राख्दा आफुले भारतको बैङ्लोरमा रहेको राजिव गान्धी विश्वविद्यालयबाट बि.एन.वाइ.एस.(ब्चालर अफ नेचुरोप्याथिक एण्ड यौगिक साइन्स कोर्ष) गरेको र नेपालमा बि.एन.वाइ.एस. गरेका करिव पचासौं चिकित्सकहरुले नामको अगाडी डाक्टर उल्लेख गरि विरामीलाई स्वास्थ्य जाँच गरिरहेकाले आफुले पनि नामको अगाडी डाक्टर उल्लेख गरेको बताएका छन् । योगा एण्ड नेचुरोपेथिक डाक्टर एशोसियसनमा आवद्वता जनाएका धेरै चिकित्सहरुले लामो समयदेखि नामको अगाडी डाक्टर उल्लेख गरेरै विरामीको स्वास्थ्य चेक जाँच गरिरहेका तर कुनै विवाद सिर्जना नभएकाले यो विषयमा आफुले कुनै अपराध नगरेको उनले बताएका छन् । उनी सम्बन्धन रहेको नेपाल स्वास्थ्य व्यवसायी परिषद्सँग यस विषयमा थप जानकारी लिन गरिएको टेलिफोन सम्पर्कमा परिषद्ले पनि नामको अगाडी डाक्टर उल्लेख गर्न नमिल्ने ऐनलाई उदृढ गर्दै व्यवसायी परिषद्ले जनाएको छ ।
योगा एण्ड नेचुरोपेथिक डाक्टर एशोसियसनका अध्यक्ष जनक बहादुर वस्नेतले प्राकृतिक चिकित्सा तथा योगाको आफ्नै परिषद नभएको हुँदा यस विषयमा सबै हेर्न नेपाल स्वास्थ्य व्यवसायी परिषद् नै तोकेको हुँदा प्राकृति चिकित्सा तथा योगा चिकित्सकहरुले आफ्नो अध्ययन पुरा गरेपनि स्वास्थ्य मन्त्रालयको ऐन अनुसार नामको अगाडी डाक्टर उल्लेख गर्न नपाउने वाध्यात्मक अवस्थाका कारण बेला बेलामा यस विषयमा विवाद सिर्जना हुँदै आइरहेको बताए । उनीसँग डाक्टर प्रभाकर भट्टराईका विषयमा जानकारी लिँदा एक्युपञ्चर विषयमा एम.डी. को अध्ययन कहाँदेखि गर्नुभयो त्यो जानकारी नभएको हाम्रो एशोसियसन र व्यवसायी परिषदमा भट्टराईको अध्ययन बि.एन.वाइ.एस. मात्र रहेको विवरणमात्र रहेको एशोसियसनका अध्यक्ष वस्नेतले बताएका छन् ।
यसै विषयमा कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले एमविविएस अथवा वि.ए.एम.एस अध्ययन पश्चात नेपाल मेडिकल काउन्सीलमा सम्बन्धन प्राप्त गरेपछि नामको अगाडि डाक्टर लेख्न मिल्ने बताएका छन् । साथै कोहलपुर स्वास्थ्य शाखा प्रमुखका हैसियतले पनि पटक पटक यो विषयमा प्रभाकर भट्टराई तथा कौशल्या अस्पताललाई समेत सच्याउन भनेको कुरा जिकिर गरेका छन् । भट्टराईले अध्ययन गरेको विषय नेपाल स्वास्थ्य व्यवसायी परिषदमा सम्बन्धन रहेको कारण नामको अगाडि डाक्टर लेख्न मिल्ने ऐनमै नभएको जनाएका छन् ।
शाखा प्रमुख सेनका अनुसार यस अघि डाक्टरहरुको आइएस्सीको सर्टिफिकेट नक्कली भएको विभिन्न समाचार माध्यमहरुमा समाचार प्रकाशित भएको थियो । ‘सामान्यतयाः नेपाल मेडिकल काउन्सिलको मापदण्ड अनुसार डाक्टर पढ्नको लागि एसएल्सी र आइएस्सी पढेकै हुनुपर्छ ।’ ‘प्रचलित नियमअनुसार डाक्टर बन्नका लागि आइएस्सी पढेकै हुनुपर्छ र आइएस्सीमा ५० प्रतिशत अंक ल्याएकै हुनुपर्छ । त्यसपछि मात्र उसले एमबिबिएस गर्न पाउँछ ।’ कतिपय डाक्टरहरुले कम अंकका कारण नक्कली सर्टिफिकेट बनाएर नम्बर थपेको तथा कतिले सर्टिफिकेट नै नक्कली किनेको पत्ता लागेपछि अनुसन्धान भैरहेको समेत थप कुरा सेनले बताएका छन् ।
विभिन्न शहरी क्षेत्रमा सञ्चालित अस्पताल, पोलिक्निलिक र मेडिकल पसलहरुमा बेथिती बढ्दै गएको छ । कतिपय अस्पताल तथा पोलिक्निलिकहरु त अनुमतिवेगर नै सञ्चालन भइरहेका छन् । सम्बन्धित निकायमा झुटो विवरण पेश गरेर सञ्चालमा आइरहेका यी नै अस्पताल तथा पोलिक्निकहरुबाट नै मानविय स्वास्थ्यमा ठुलो जोखिम बढ्दै गइरहेको छ । यस विषयमा नियमन गर्ने संस्था नै गैरजिम्मेवार बन्ने गरेकाले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र व्यवसायिक रुपमा बढि नाफा कमाउने संस्थाका रुपमा विकास भइरहेको छ ।
(प्रभाकर भट्टराईद्वारा एक्युपञ्चर विषयमा एम.डी अध्ययन बारे विस्तृत थप समाचारमा)
प्रतिक्रिया दिनुहोस्