काठमाडाै‌/सिद्वार्थ ग्रुपका होटेल तथा रेष्टुरेन्टहरुमा आइबोस कर्मचारीहरुले विशेष छुट पाउने भएका छन् । आईबोस ग्लोबल लाईफ इन्टरनेशनल प्रा. लि. र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटी बिच भएको व्यबसायिक सम्झौता पछि आइबोसका कर्मचारीले यस्तो छुट पाएका हुन् ।

सम्झौता अनुसार आईबोस ग्लोबल लाईफ ईन्टरनेशनलका सम्पूर्ण बितरक तथा कर्मचारीहरुलाई देशभरको सिद्धार्थ होटेल तथा रेस्टुरेन्ट शाखाहरुमा अकमोडेशन स्टेमा ३५% र फुड एण्ड बेभरेजमा १२% छुटको सुविधा पाउनेछन् ।

साथै होटेलका कर्मचारी तथा सम्पूर्ण नियमित ग्राहकहरुले ग्रीनबुटी ब्राण्डको कुनै पनि सामान खरिदमा ५% छुटको सुविधा पनि पाउने छन् । साथै आइबोसले सुबिधा अन्र्तगत आफ्नो आईबोस वालेटबाट समेत बिल भुक्तानी गर्न सक्ने ब्यबस्था रहेको समेत जानकारी गराएइको छ