कोहलपुर नगर स्वास्थ्य शाखामा कोभिड–१९ को उपचारको लागि औषधि खरिद गर्ने विषयमा विवाद ।

कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाका प्रमुख अनिल कुमार सेनले कार्यालय समयमा कार्यकक्षमै सिनियर स्वास्थ्य अधिकृत तथा कोरोना फोकल पर्सन गेहराज खनालमाथि हातपात गरेका छन् । कोभिड–१९ को लागि आवश्यक औषधि खरिद गर्ने विषयमा उठाईएको टिप्पणीमा पीडितले खरिद गर्ने औषधिको लिष्ट माग्दा शाखा प्रमुखले मुक्काले अनुहारमा र लात्तिले शरिरमा प्रहार गरेको र ज्यान बचाउन आफु त्यहा बाट भागेको पिडित खनाले बताए । कोभिड–१९ को उपचारको लागि औषधि खरिद गर्ने विषयमा टिप्पणी उठाईएको थियो टिप्पणीमा सहिगर्न लागईयो मैले खरिद गर्ने औषधिको लिस्ट खोई भन्दा भोली शुक्रबार विहान कार्यालय समयमा हेर्नुहोला अहिलेलाई सहि गरी प्रकृया अघि बढाउ भनेपछि आफुले सही गरेको र आज बिहान खरिद गर्ने औषधिको लिष्ट खोई भन्दा आफु माथि शाखा प्रमुखले कुटपिट गरेको खनालले बताए । पीडित खनालले शाखा प्रमुख सेनसंग औषधिको लिस्ट नहेरी टिप्पणीमा भएको आफ्नो हस्ताक्षर औषधिको लिस्ट नदेखाएसम्म टिप्पणीको आफ्नो हस्ताक्षर आफैले काट्छुु भन्दै माग्दा प्रमुखको हातमा रहेको टिप्पणीको कागज च्यातिए पछि आफुमाथि मुक्का र लात्ति बर्षाएको आरोप लगाए । पीडित खनालले आफुमाथि कार्यकक्षमा नै भएको हातपातको विषयलाई लिएर कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र केसी र ईलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएका छन् । यसैबीच आरोपित स्वास्थ्य शाखा प्रमुखले टिप्पणी उठाएको कागज च्यातिएपछि आफुहरुबीच सामान्य भनाभन मात्र भएको तर पीडितले भनेको जस्तो कुटपिट नभएको दाबी गरे । सो घटनाको विषयमा सोमबार मात्र छलफल गरिेने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्