कोहलपुर/ राष्ट्रिय प्रजातन्त्र पार्टी कैलालीले हिन्दु राष्ट्र, राजसंस्थाका लागि विशाल जनसभा धनगढीमा गर्ने भएको छ ।

देशमा बढ्दै गरेको भ्रष्टाचार, व्यभिचारको विरुद्ध लडने देशमा एउटै शक्ति छ त्यो राप्रपा हो । अहिले हामी कमजोर छौ अब हामीसबै मिलि यो राष्ट्रलाई निकास दिनु पर्छ, हामी सबै एकजुट हुनुको विकल्प छैन । देशले संघियता धान्न सकेको छैन, अहिले देखीएका दलहरु कस्ता छ्न हामिले भनी रहनुपर्छ जस्तो लाग्दैन भन्दै विशाल जनसभाको आयोजना गरिएको राप्रपा कैलालीका क्षेत्रीय अध्यक्ष मानसिंह साउदले बताउनुभएको छ ।

यही असोज ३ गते हुने हिन्दुराष्ट्र, राजसंस्था पुर्नस्थापनाका लागि हुने विशाल जनसभामा उपस्थितिहुन सम्पूर्ण देशभक्त, राष्ट्रवादी संघ, संस्था र व्यक्तिहरुलाई सहभागिताको लागि आव्हान गरिएको कुरा साउदले जानकारी दिनुभएको छ ।