राप्रपा राप्तीसोनारीको अध्यक्षमा भुपेन्द्र वली सर्वसम्मत निर्वाचित

कोहलपुर/वडा तथा पालिकास्तरीय अधिवेशनहरु सम्पन्न गर्दै संगठन सुदृढिकरण अभियानमा होमिएको राष्ट्रिय प्रजातन्त्र पाटीले राप्तीसोनारी गाउपालिकामा पालिका तथा वडा अधिवेशन सम्पन्न गरेको छ । पालिका अधिवेशनबाट सर्वसम्मत रुपमा भुपेन्द्र बहादुर वली चयन भएका छन् ।
अधिवेशनले वलीको अध्यक्षतामा ३५ सदस्यिय पालिका समिति विस्तार गरेको हो । चयन भएका सदस्यहरुबाट पदाधिकारीहरु चयन गरिने नवनिर्वाचित अध्यक्ष वलिले जानकारी दिएका छन् ।

राप्रपा संयुक्त र राप्रपा नेपालबीच एकिकरण पश्चातको हालको राष्ट्रिय प्रजातन्त्र पाटीले संगठन सुदृढिकरण अभियान अन्र्तगत सम्पन्न गरेका अधिकांश वडा तथा पालिका अधिवेशनहरुबाट सर्वसम्मत नेतृत्व चयन गर्दै आइरहेको छ ।
सर्वसम्मत रुपमा नेतृत्व चयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै राप्रपा नेता एवं पूर्व मन्त्री प्रेम बहादुर भण्डारीले राप्रपाको सिद्धान्तमा अडिग रही मेरो शरीरमा एक थोपा रगत रहुञ्जेल सम्म पार्टी एजेण्डालाई स्थापित गर्न लागि पर्ने बताए ।
कोहलपुर नगरअधिवेशन भव्य रुपमा सम्पन्न गरेलगत्तै राप्तीसोनारी गाउँपालिका अधिवेशन पनि भव्य रुपमा सफल भएको भन्दै राप्रपा केन्द्रिय कार्यसम्पादन समिति सदस्य हिक्मत ढकालले खुशी व्यक्त गरेका छन् । उनले प्रजातान्त्रिक पद्वतीलाई आत्मसाथ गर्दै राप्रपाले दशकौदेखि नेतृत्व चयनलाई प्राथमिकता दिँदै राप्तीसोनारीमा सर्वसम्मत नेतृत्व चयन गरेर एकताको सन्देश दिन पनि सफल भएको प्रतिक्रिया दिएका छन् ।

बुधवार राप्तीसोनारी गाँउपालिका अधिवेशनमा राप्रपा केन्द्रिय कार्यसम्पादन समिति ढकाल, राप्रपा नेता तथा पूर्व मन्त्री प्रेम बहादुर भण्डारी, केन्द्रिय सदस्य मिना श्रेष्ठ, केन्द्रिय सदस्य रतिराम थारु, जिल्ला अध्यक्ष नरेन्द्र कुमार पौडेल, जिल्ला सदस्य श्रीधर सुबेदी, जिल्ला सदस्य लालबहादुर वलि, राप्रपा क्षेत्र नं. १ का क्षेत्रीय संयोजक यम बहादुर रावत लगाएतको उपस्थितीमा सम्पन्न गरिएको छ ।
यस्तै बुधवार नै राप्तीसोनारी गाउँपालिकाको वडा नं. ८ को वडा अधिवेशन पनि सम्पन्न भएको छ । अधिवेशनबाट यज्ञबहादुर खड्काको अध्यक्षतामा १६ सदस्यिय समिति चयन भएको जिल्ला सदस्य श्रीधर सुबेदीले जानकारी दिएका छन् ।
देशैभर संगठन विस्तार र सुदृढिकरणमा आक्रामक रुपमा अगाडी बढेको राप्रपाले आउँदो कार्तिकमा पाटीको हुनइरहेको महाधिवेशनलाई लक्षित गरेर स्थानिय तह देखि निर्वाचन क्षेत्र, प्रदेश तहसम्म संगठन सुदृढिकरण अभियान शुरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्