जाजरकोटमा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ ।

हिजो बेलुका परेको चट्याङ्ग लागेर बारेकोट गाउँपालिका वडा नम्बर १ कोटेलीकी १६ वर्षकी सम्झना गिरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

हिजो बलेुका खाना पकाउँदै गरेको बेला उनलाई चट्याङ्ग लागेको थियो ।

नेपालगञ्जमा एसईईपछि तयारी कक्षा पढ्दै गरेकी उनी तीज मान्न घर गएकी थिइन् ।