मिडिया नेपालको केन्द्रिय उपाध्यक्षमा पत्रकार सुवेदी पनि

मिडिया नेपालले विस्तार गरेको केन्द्रिय कार्यसमितिको उपाध्यक्षमा पत्रकार श्रीधर सुवेदी पनि चयन भएका छन् । राष्ट्रिय प्रजातन्त्र पाटीको शुभेच्छुक संस्था मिडिया नेपालको विस्तारित केन्द्रिय कार्यसमितिमा सुवेदी सहित पाँच उपाध्यक्ष, उपत्यका संयोजक एक, महासचिव एक, कोषाअध्यक्ष एक, प्रदेश प्रमुख चार र चार जनालाई केद्रिय सदस्यमा मनोनित गरिएको केन्द्रिय अध्यक्ष गोपाल पौड्यालले जारी गरेको प्रेस नोटमा जनाइएको छ । उपाध्यक्षमा सुवेदी सहित कास्कीबाट सूर्य वास्तोला, कञ्चनपुरबाट हेमबावु लेखक, भक्तपुरबाट विकल श्रेष्ठ, जुम्लाबाट अंगत देवकोटालाई चयन गरिएको छ ।
यस्तै उपत्यका संयोजकमा दिलमाया तामाङ्ग, महासचिवमा मुकुन्द ढुंगाना, कोषाध्यक्षमा राजेन्द्र वस्नेत तथा प्रदेश १ को संयोजकमा बिजय रावत, वाग्मती प्रदेशमा बिजय नेपाल, लुम्बिनी प्रदेशमा तेज वली, सुदुरपश्चिममा विमल जैरु प्रदेश संयोजकमा चयन भएका छन् । विस्तारिक केन्द्रिय समितिको केन्द्रिय सदस्यहरुमा कैलालीबाट पुरु दाहाल, झापाका सान नेपाल, मकवानपुरका जिवराज बख्रेल र कञ्चनपुरका धु्रव अवस्थीलाई मनोनित गरिएको छ ।
बाँकेबाट केन्द्रिय उपाध्यक्षमा चयन भएका पत्रकार सुवेदी २०५७ सालमा कोहलपुरबाट पत्रकारिता यात्रा शुरु गर्दै मलेसियामा रहँदा समेत प्रवासी नेपालीहरुलाई सूचनाको पहुँच बढाउन मलेसियामा श्री अभिलेख साप्ताहिक पत्रिका समेत प्रकाशन गरेका थिए । न्यूज नमस्ते राष्ट्रिय दैनिक लामो समयसम्म कोहलपुरबाट प्रकाशन गरेका पत्रकार सुवेदी हाल (एन.एन) मिडिया प्रा.ली का अध्यक्ष तथा यस न्यूज पोर्टलका प्रधान सम्पादक समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्