कोहलपुरमा एकै घरका ४ जनामाथि सुतिरहेको अवस्थामा अज्ञात समूहबाट आक्रमण भएको छ । कोहलपुर–१०, मन्नापुरमा विहिवार विहान ४ बजेको समयमा आफ्नै घरमा सुतिरहेको अवस्थामा तीनवटा घरमा अज्ञात समूहले आक्रमण गरेको कोहलपुर प्रहरीले जनाएको छ । ललिता चन्द , धनसरा सुनार, धर्मवती बस्नेत र आरुषी चन्द माथि ३/४ जनाको अज्ञात समूहले सुतिरहेकै वेला आक्रमण गरेको थियो । आक्रमणबाट १ जनाको अवस्था अलि गम्भिर रहेको छ भने बाँकी ३ जनालाई शरिरका विभिन्न भागमा चोट लागेको छ ।
घटनाका पीडितका अनुसार नचिनेका युवाहरुले पहिले आफूलाई इन्जेक्सन लगाएको जस्तो महसुस भएको त्यसपछि केही थाह नपाएको बताएका छन् । आक्रमणमा संलग्न समूहले फरक फरक ३ घरमा सुतिरहेका ४ जनामाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न समूहको हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आक्रमणमा संलग्न व्यक्तिहरु छुट्टै काममा गएको र त्यो काम हुन नसकेपछि यस्तो गरेको आशंका गरेको छ । घर वाहिर सुतिरहेका चन्द परिवारका ४ जना आक्रमण पछि घाइते भएको बताइएपनि अन्य दुईवटा घरमा सो अज्ञात समूहले आक्रमण गरेको थियो । अन्य २ घरका पीडितहरुका सम्बन्धमा जानकारीमा नआएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा कोहलपुर प्रहरीले सूचना संकलन तथा कोभर्ड अपरेसन शुरु गरेको छ । यो समाचार तयार पार्दासम्म घटनामा संलग्न भएको आशंका २ जना व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ । घटनामा दुव्र्यवसनीको तलको सिकार भएको वा मानसिक रुपमा सनक बढि भएको व्यक्तिहरुको संलग्नाता हुन सक्ने प्रहरीले अनुमान गरेको र त्यसै अनुसार अनुन्धानलाई अगाडी बढाएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।