नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगतको वडा अधिवेशन शुरु भइसकेको छ । नेपाली काँग्रेस केन्द्रिय समितिकोे निर्णय अनुसार क्रियाशील सदस्य विवाद रहेको जिल्ला वाहेकका जिल्लाहरु १८ गतेदेखि वडा अधिवेशन शुरु भइसकेको छ । बाँके जिल्ला पनि नयाँ क्रियाशील सदस्य विवादमा रहेको जिल्ला हो । बाँकेमा यही भाद्र २२ गतेबाट वडा अधिवेशन शुरु गरिने बताइए पनि केन्द्रिय कार्यसम्पादन समितिको निर्णयको पर्खाइमा जिल्लाका काँग्रेस नेता कार्यकर्ताहरु छन् । धेरै आकांक्षीहरु आन्तरिक रुपमा क्रियाशील सदस्य मतदातासँग भेटघाटलाई तिब्र बनाइरहेको बेला यो पटक पनि केन्द्रमा देखिएको फरक २ धार यस पटकको महाधिवेशनमा पनि देखिएको छ ।

कोहलपुर नगरपालिकाको हकमा काँग्रेस नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु ब्यग्र पर्खाइमा छन्, नगर तथा वडा कार्यसमिति देखि वडातहबाट छनौट हुने क्षेत्रीय प्रतिनिधीहरु चयन गर्न । नगर सभापतिका रुपमा हालसम्म ४ जना काँग्रेस नेताहरु आंकाक्षीका रुपमा अगाडी देखिएका छन् । नेपाली काँग्रेसका पूर्व जिल्ला सदस्य टेक नारायण भुषाल, हालका नगर सचिव भुम बहादुर भण्डारी, आदिवासी जनजाती संघ बाँके सभापति राजेन्द्र कुमार श्रेष्ठ र ट्रेड युनियन काँग्रेसका केन्द्रिय सदस्य विरेन्द्र कुमार शाहले नगर सभापतिका रुपमा आफूलाई अगाडी सारेका छन् ।

१३ औं महाधिवेशनबाट सानदार बिजयी भएका हाल नगर सचिव भुम बहादुर भण्डारीे युवाहरुको मनग्य सहयोग पाएकाले आफूले नगर सभापतिमा महाधिवेशनबाट विजयी हुने कुरामा विश्वस्त रहेको दावी गरेका छन् । स्पष्ट र धाराप्रवाह रुपमा उत्कृष्ट भाषणकला भएका भण्डारीको राजनीतिक इतिहास भने धेरै पुरानो रहेको छ । २०५१ सालमा कक्षा ८ मा अध्ययनरत समयबाट नेपाल विद्यार्थी संघमा आवद्वता जनाएर राजनीतिक यात्रा थालनी गरेका भण्डारी नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य समेत हुन् । हालको रुकुम पश्चिममा रहेको शितल उच्च मा.वि.बाट विद्यार्थी राजनीति शुरु गरेका भण्डारी प्रवेशिका परीक्षा उत्तिर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि नेपालगञ्ज महेन्द्र बहुमुखी क्याम्पस रोजेका उनले राजनीतिक उचाई पनि महेन्द्रबाटै पाए । करिब १७ वर्षसम्म महेन्द्र बहुमुखी क्याम्पसको अध्ययन समयमा उनी नेपाल विद्यार्थी संघ क्याम्पस इकाई सभापति भएर ११ वर्षसम्म संगठन चलायमान बनाइराखे ।

नेबिसंघको केन्द्रिय सदस्य चयन भइसकेपछि क्याम्पसमा अधिवेशनबाट नेतृत्व हस्तान्तरण गराएर मुल पार्टीको राजनीतिमा राजनीतिक यात्रा शुरु गरे । महेन्द्र बहुमुखी क्याम्पसबाट उनले २०६२ सालमा राजनीति शास्त्र र २०६७ सालमा नेपाली साहित्य विषयमा स्नातकोत्तर पुरा गरेका उनी यस क्षेत्रकै विद्यार्थी आन्दोलनका सफल योद्वाका रुपमा आफ्नो परिचय बनाउन सफल पनि भए । २०५२ सालपछि तत्कालिन माओवादी पार्टीले शुरु गरेको विद्रोह पछिको द्वन्द्वकालमा उनी र उनको परिवार रुकुमबाट विस्थापित भई कोहलपुर बसाई सरेको थियो । फरक राजनीतिक आस्था राखेकै कारण विद्रोही पक्षबाट अपहरण तथा ज्यान मार्ने धम्की पछि द्वन्द्व प्रभावित भएर रुकुम छाड्नुपरेको भण्डारी बताउँछन् । विद्रोही पक्षबाट रुकुमबाट बसाई सरेर कोहलपुर आइसकेपछि पनि भण्डारीलाई ज्यान मार्ने धम्की पटक पटक आइरहेको थियो । अपहरण गर्ने तयारी विद्रोही पक्षले गरिरहेको थाह पाएपछि अध्ययनलाई बीचमा छाडेर उनी भारतमा लुकेर बसे । १ वर्षपछि भारतबाट फर्किएपछि अध्ययन र राजनीतिलाई निरन्तरता दिएका उनले क्याम्पसमा स्ववियु सदस्यमा चुनाव लडे र क्याम्पस इकाई समितिको सचिवमा समेत निर्वाचित भए । नेपाल विद्यार्थी संघले अन्य विद्यार्थी संगठनहरुसँग मोर्चा बनाएर तत्कालिन राजा ज्ञानेन्द्रले चालेका असंवैधानिक कदमको विरोध स्वरुप उत्कर्षमा पुगिरहेको विद्यार्थी आन्दोलनको मोर्चा पनि भण्डारीले नै सम्हाले ।

जनआन्दोलन ०६२/०६३ मा नेपालगञ्जमा भएका सबै प्रदर्शन र आन्दोलनहरुका क्रममा करिब १५/१६ पटक प्रहरी गिरफ्तारीमा समेत परेका उनी तत्कालिन राजा ज्ञानेन्द्रको विरोध तथा प्रदर्शनको नेतृत्व गरेको भन्दै तत्कालिन शाही नेपाली सेनाले २०५९ मंशिर २८ देखि पौष ३० गतेसम्म इनामनगर राँझा ब्यारेकमा नजरबन्द गराएको थियो । तत्कालिन शाही सेनाबाट चरम मानसिक तथा शारिरीक यातना पाएपनि उनी प्रजातान्त्रिक आन्दोलनबाट कत्ति पनि विचलित भएनन् समाजेसेवी बिजय शम्सेर राणाको पहलमा उनी सेनाले राखेको नजरबन्दबाट मुक्त भएको केही दिनमा पुनः प्रजातान्त्रिक आन्दोलनमा आफूलाई शसक्त रुपमा प्रस्तुत गर्दै महेन्द्र बहुमुखी क्याम्पसको ने.बि. संघ इकाई सभापतिमा निर्वाचित भए । २०६९ सालमा ने.बि. संघको केन्द्रिय सदस्य बनेपछि उनले अधिवेशन गराएर विद्यार्थी नेता चेतनारायण शर्मालाई इकाई सभापतिको पद हस्तान्तरण गरे अनि शुरु भयो उनको पार्टी राजनीति ।

कोहलपुर क्षेत्रमा नियमित बस्ने क्रममा यहाँको सामाजिक गतिविधीहरुमा सक्रिय उपस्थिती उनले जनाइरहे । उनकै नेतृत्वमा २०७१ सालमा स्थानिय युथ भोल्युम युवा क्लवले आयोजना गरेको औद्योगिक तथा कृषि पर्यटन महोत्सव भव्य रुपमा सफल भयो । त्यसपछि यस क्षेत्रका युवाहरुमाझ बढि लोकप्रिय बनेका भण्डारीलाई नगरवासीले हेर्ने दृष्टिकोण पनि बदलियो । उनको नेतृत्वमा कोहलपुर औद्योगिक तथा पर्यटन महोत्सव एवम् मेला वाणिज्य संघले मात्र आयोजना गर्ने संस्कारको अन्त्य भयो र त्यसपछि स्थानिय युवाहरुले पनि सफल एवम् भव्य रुपमा महोत्सव आयोजना गर्ने वातावरण सिर्जना भयो ।

त्यसपछि कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसको सञ्चालक समिति सदस्यमा नेपाली काँग्रेस कोहलपुर नगर समितिले सिफारिस गरेपछि बागेश्वरी क्याम्पसको शैक्षिक तथा पूर्वाधार विकासमा २ कार्यकाल सदस्य रही महत्वपूर्ण भूमिका निर्वाह गरे । लगत्तै नेपाली काँग्रेसको १३ औं महाधिवेशनबाट उनी नगर सचिवमा सानदार रुपमा बिजय भए । नगर कार्यसमितिले निर्णय गरेर उनलाई कोहलपुर नगरपालिकाको राजनीतिक संयन्त्रमा पठाएपछि नेपाली काँग्रेस पार्टी प्रतिनिधी रहेर डेढ वर्ष सम्म कार्यसम्पादन गरे ।

कोहलपुर नगरपालिका तथा समाजका हुने अपारदर्शी तथा अनुचित गतिविधी, विकृती–विसंगतीहरुको खुलेरै कडा विरोध जनाइहाल्ने उनको स्वभावका कारण नगर क्षेत्रका धेरै युवाहरुले उनलाई आदर्शका रुपमा लिने गरेका छन् । पार्टीभित्रका अस्वस्थ्य गतिविधी, गुट उप–गुट र विधी पद्धती मिचेर हुने सबै प्रकारका गतिविधीको खुलेरै विरोध जनाउने गरेका उनी अब नगर सभापतिमा किन उमेद्वारी भन्ने प्रश्नमा उनी भन्छन् “पार्टीलाई चुस्त, दुरुस्त र व्यवस्थित गर्नका लागि, नेता कार्यकर्तामा वैचारिक क्षमता विकास गर्नका लागि मेरो उमेद्वारी रहेको हो ।” नगरको सबै वस्तुस्थिती, नगरवासीको चेतनास्तर र यहाँको भुगोलबारे पूर्ण जानकार रहेका भण्डारी पार्टीको नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनुपर्छ भन्ने विचारबाट प्रेरित उनी आपूmलाई नगर सभापतिमा सबैको सहयोग मिल्ने विश्वास व्यक्त गरेका छन् ।