देशैभरी संगठन विस्तार र सुदृढिकरणमा आक्रामक रुपमा अगाडी बढेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा महाधिवेशनको चटारो छ । कार्तिक २७ देखि ३० गतेसम्म हुन गइरहेको महाधिवेशन अगावै सबै निर्वाचन क्षेत्र, स्थानिय तहहरुमा संगठन विस्तारलाई पूर्णता दिन विशेष गतिविधीहरु सञ्चालन भइरहेका छन् । देशैभरीका स्थानिय तहहरुमा वडा, नगर तथा क्षेत्रको संगठन विस्तारको अन्तिम चरणमा प्रवेश गरिसकेको छ । कतिपय स्थानिय तह अन्र्तगतका वडाहरुमा वडा कार्यसमितिले पूर्णता समेत पाइसकेका छन् । यतिवेला काडमाण्डौ जिल्ला अधिवेशन शनिवारबाट शुरु हुँदैछ । राप्रपा काडमाण्डौ जिल्लाको नेतृत्व लिन अगाडी देखिएका आकांक्षी उमेद्वारमध्येका एक हुन् नबराज सिंखडा । सिंखडासँग न्यूज नमस्तेका प्रतिनिधी पुरु दाहालले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौ ।

सर्वप्रथम त राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापनाकालदेखि संस्थापक सदस्य रही काम गर्दै आइरहेकोमा राप्रपा नेपालमा रहँदा समेत संस्थापक सदस्य रही संगठनलाई तत्कालिन समयमा चलायमान बनाउन जिल्लामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए सिंखडाले नेपाली राष्ट्रिय राजनीतिसँगै पार्टीमा आएको उतार चढाव सँगै जनआन्दोलन ०६२/०६३ बाट राजतन्त्रमा पूर्णविराम लाग्यो । संविधान सभाको निर्वाचनमा फरक एजेण्डा बोकेको राप्रपा नेपाल हिन्दु राष्ट्र कायमको मुख्य एजेण्डा बोकेर संविधान सभा निर्वाचनमा सहभागी हुने निर्णय गरेपछि सिंखडा राप्रपाको चुनावी घोषणा पत्र बोकेर धेरै मतदाता तथा पार्टीका कार्यकर्ताहरुमाझ पुगिरहे । तर उनको बुझाईमा हाल ०६२/०६३ सालको अवस्थाभन्दा काठमाण्डौ क्षेत्रमा राप्रपा नाजुक बन्दै गइरहेको छ । राप्रपा शुभेच्छुकहरु तथा आम कार्यकर्ताहरुको मनोभावलाई मनन गरेर अगाडी नबढ्ने हो भने आम कार्यकर्ता तथा मतदाताहरुमा नैराश्यता बढ्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

विभिन्न समयमा पार्टी टुटफुट भएको अवस्थापछि विकेन्द्रित भएको संगठनलाई मजबुद बनाउन नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको विकल्प नभएको उनको बुझाई छ । मजबुद, शसक्त र जुझारु युवा शक्तिलाई पार्टीमा आकर्षिक गराउन अहिले उपयुक्त समय भएकाले अन्य ठुला पार्टीहरु एमाले, काँग्रेस, जसपा भित्र देखिएको आन्तरिक विवादपछि ठुलो युवा शक्ति न्युट्रल अवस्थामा पुगेकाले सो समूहलाई आफ्नो गतिविधीमा सहभागि गराउन सके काठमाण्डौ क्षेत्रबाट आगामी ३ तहको निर्वाचनमा ३३ प्रतिशत उपस्थिती जनाउन सम्भव रहेको उनी जिकीर गर्छन् ।

भावी युवा पुस्तालाई बलियो संगठन भएको स्थानिय तहको निर्वाचन र प्रदेश सभाको निर्वाचनमा सानदार रुपमा विजयी बनाउन सक्ने सक्षम संगठनको निर्माण पछि आफू स्वतः नेतृत्व हस्तान्तरण गरेर रिटायर्ड लाइफ बिताउने उनको भनाई छ । पार्टीको सिद्वान्त, नीति नियम राजा सहितको प्रजातन्त्र, हिन्दु राष्ट्र र संघीयता खारेजी पछि हुने समुन्नत नेपालको परिकल्पना सफल बनाउन कुनै कसर आफ्नो कार्यकालमा बाँकी नराख्ने प्रतिबद्वता समेत व्यक्त गर्छन् उनी ।

काडमाण्डौको नेतृत्व सर्वसम्मत रुपमा चयन हुनुपर्नेमा आफ्नो विशेष जोड रहेको बताउने उनी सर्वसम्मतको सबै प्रयासहरु विफल भएमा हुने निर्वाचनमा आपूmलाई शसक्त रुपमा प्रस्तुत हुने पक्का भएको भन्दै विगतदेखि पार्टीमा आवद्व भएपश्चात कुनै पनि सेवा सुविधा र अनुचित गतिविधीहरुबाट टाढै बसेकाले काडमाण्डौका राप्रपा कार्यकर्ता तथा शुभेच्छुकहरुले सहयोग गरेर महत्वपूर्ण जिम्मेवारी दिनेमा सिंखडा आफू ढुक्क रहेको बताउँछन् ।