श्रीमानबाट के चाहान्छन् महिलाहरु ‘‘‘‘‘‘‘‘‘।श्रीमान श्रीमतीको सम्बन्ध पनि अचम्मको हुन्छ । देख्दै नदेखेको मान्छे चिन्दै नचिनेको मान्छे एउटा सानो सिन्दुरको धर्को को कारण सधैको लागी आफ्नो भई दिन्छ । सामाजिक मान्यता अनुसार बिबाह पछी शरिर त नजिक हुन्छ नै तर मन भने नजिक हुन्छ नै भन्ने हुर्दैन ।शरिर छुने ले मनलाई छुन सकेको छ कि छैन भन्ने कुरा एकअर्कामा महुस गरिनु पर्छ । मन पराउनु माया गर्नु र बिबाह गर्नु नितान्त फरक कुरा हुन् ।जो लाई मन पराइन्छ उसलाई माया गरिन्छ भन्ने हुदैन जस्लाई माया गरिन्छ उसैसंग बिबाह हुन्छ नै भन्ने पनी हुदैन । एक पटक माया भए पछी सधै माया रहिरहन्छ भन्ने पनी हुदैन । ब्यक्ति भन्दा पनी उसको बानी ब्यहोरा र चाल चलन लाई माया गरिएको हुन्छ र त्यो ब्यवहार सधै रहिरहन्छ भन्ने पनी हुदैन तर एउटा कुरा रहिरहनु पर्छ त्यो हो बैबाहिक सम्बन्ध । बिबाह भने टिकीरहनु पर्छ ।समाजले हामीलाई यति धेरै जिम्मेवारी दिएको छ की बरु ज्यान जावस तर समाज नबिग्रीयोस भित्री मन खुसी होस नहोस तर बाहिर खुसी देखाउनु पर्छ । खुसी ले होस या बाध्यताले संगै जिवन बिताउनु नै छ भने खुसी हुने कोसिस किन नगर्ने रु तर यो खुसी एक्लैले चाहेर हुदैन एक छिन् , एक दिन खुसी भईएला तर सधै हुनको लागी श्रीमानलाई श्रीमती र श्रीमतीलाई श्रीमानको साथ हुन जरुरी हुन्छ । एक्लो खुसी धेरै दिन टिक्दैन । केही समय पछी त्यसले पिडा दिन थाल्छ ।एकाइसौ शताब्दीका महिलाहरु चुलो चौकोमा मात्र सिमित भएर बस्न चाहादैनन् आफ्नो क्षमताले भ्याए सम्म अर्को काम गरेर घर चलाउन श्रीमानको सहयोगी बन्न चाहान्छन् ।कामकाजी महिलाहरुलाई दोहोरो बोझ भएको छ ।घरको सबै काम भ्याएर बाहिरको काम पनि गर्नु पर्दा मन र शरिर दुबै थाक्छ ।अझै जिम्मेवार पदमा रहेर काम गर्ने महिलाहरुलाई त झन गाहे हुन्छ । कार्यलयको टार्गेट,घरको काम अनी छोराछोरीको पढाई सबै महिलाकै जिम्मा । कार्यलयमा ढिलो सम्म काम नगर्दा जिम्मेवारी पुरा हुदैन, घरको काम समयमा नगरे घरको मत्लव नभएको आरोप अनी छोरा छोरीको केयर नगरे पढाई चौपट । एकै जनाले कता कता भ्याउने हो रु अझ यसैमा घरमा सर्पोटिभ श्रीमान नहुनेहो भने महिला हरु खुसी हुनै सक्दैनन् । महिलाहरु चाहान्छन् की श्रीमानले घरको काम सघाउनेमा मात्र नभई महिलाको आत्मबल , मनोबल बढाउन सहयोग गरुन । पुरुषको प्रगतीमा महिलाको हात हुन्छ भने जस्तै महिलाको प्रगतीमा पनी पुरुषको हात हुन्छ । जस्को घरमा श्रीमानको साथ रहन्छ ति महिलाहरुको अफिसको काम परफेक्ट हुन्छ उनिहरुको प्रगती अबश्य हुन्छ । महिलाहरुले श्रीमान खाली शारिरिक सम्बन्धको लागी मात्र नजिक होस भन्ने चाहादैनन् । महिलाहरु शारिरिक सम्बन्धबाट मात्र खुसी हुदैनन् । सेक्स प्राकृतिक कुरा हो । सम्बन्ध राम्रो बनाउनकोे लागी यो नितान्त आबश्यक छ तर महिलाको लागी सेक्स सबै कुरा होइन । श्रीमतीहरु श्रीमानबाट धेरे ठुलो कुराको आश गर्दैनन् मात्र सेयरिड।, केयरिड। र हियरिड।को आशा गर्दछन ् । के गर्दैछु,के गर्ने योजना छ , खुसी छु ,दुखी छु आदि आदिकुराहरु सेयर गरुन् भन्ने चाहान्छन् ।आफ्नै श्रीमान र घर परिवारको कुरा अर्को ब्यक्तिवाट थाहापाउनु पर्यो भने त्यो जतिको चित्त दुखाई अरु हुन सक्दैन । शरिर जोडिए पनी मन जोडिएको छैन भन्ने कुराको लागी यो भन्दा ठुलो उदाहरण अरु के होला रु हुनत पुरुष हरु अन्तरमुखी स्वभावका हुन्छन् महिला जस्तो सबै कुरा बोल्दैनन् तर जति सम्म भन्न मिल्ने हो त्यसको सेयरिड। गरुन र मेरो पनी सुनुन् भन्ने चाहाना राख्छन् । समय सधै एकनास हुदैन कहिले खुसी भईन्छ कहिले दुखी भईन्छ , कहिले कसैले चित्त दुखाउछ कहिले काममा समस्या आउछ यस्तो बेला श्रीमान भन्दा नजिकको सल्लाहकार अरु को होला रुत्यसरी नै बिरामी हुदा सेवा गरुन्, दुखी हुदा के भयो रु, किन भयो ,भो चित्त नदुखाउ भन्दै माया गरुन, खुसी हुदा संगसंगै खुसी हुउन र दुखी हुदा दुख मनाउ गरुन भन्ने हो ।त्यस्तै महिलाहरले चाहाने अर्को महत्वपुर्ण कुरा भनेको घर परिवारका लागी गरिने काम र निर्णयमा महिलाको कुरा पनि सुनुन् , छलफल र बहस मा सहभागी बनाउन् र निर्णय गर्दा समझदारीमा गरुन भन्ने नै हो ।श्रीमतीको चाहाना आफु खुसी हुने मात्र हुदैन परिवार सबै खुसी बनाउने हुन्छ ।यसमा बुबैजनाको साझा बुझाई हुन जरुरी हुन्छ । कतिपय कामकाजी महिलामा आफ्नो काम प्रति घमण्ड हुन्छ भने कतिपय पुरुष हरुमा आफु भन्दा माथील्लो तहमा श्रीमती पुगेको मा डाहा हुन्छ । यो दुबै कुराले सम्बन्ध बचाउने होईन बिगार्ने गर्छ । जव सम्म श्रीमानको प्रगतीमा श्रमिती र श्रीमतीको प्रगतीमा श्रीमान खुसी हुन सक्दैनन् बैवाहिक जिवन जतिखेर पनी टुड।गीन सक्छ र बालबालिकाको बिचल्ली हुन सक्छ ।त्यसैले २०७८ सालको तिजमा वर्त बसेर महिलाले भगवान संग लोग्नेको लामो आयु को साथ साथै श्रीमान संग सेयरिड , केयरिडर हेयरिड को ईच्छा राखुन् अनि श्रीमानले पनी पुरा . ।