दाङमा करेन्ट लागेर एक जनाको ज्यान गयो ।

दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । करेन्ट लागेर तुलसीपुर(१० पड्ढाका ४९ वर्षीय सुरबहादुर डाँगीको ज्यान गएको हो ।
आज बिहान घरमा बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर उहाँको घटनास्थलमै ज्यान गएको स्थानीय यमराज केसीले जानकारी दिनुभयो ।
डाँगीको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्