सांसद एकीकृत समाजवादीमा, मुख्यमन्त्री आचार्य एक हप्तामै अल्पमतमा ।

प्रदेश नम्बर १ मा नेकपा एमालेका १० जना सांसदले नेकपा ९एकीकृत समाजवादी० पार्टी रोजेका छन् । एमाले छाडेर एकीकृत समाजवादी पार्टीको नाममा सनाखत गर्न १० जना अहिले प्रादेशिक निर्वाचन कार्यालय विराटनगर पुगेका छन् ।
९३ सदस्यीय प्रदेश सभा रहेको प्रदेश १ मा एमालेका ५१ जना सांसद थिए । तर आज १० जनाले एमाले छाडेर समाजवादी रोजेपछि एक हप्ताअघि मात्रै मुख्यमन्त्रीमा बन्नुभएका भीम आचार्य अल्पमतमा पर्नुभएको छ । मुख्यमन्त्री बन्न ४७ सांसद चाहिनेमा एमालेसँग अब ४१ जनामात्रै सांसद रहेका छन् ।
यसअघि हिजो मङ्गलवार वाग्मती प्रदेशका १२ जना सदस्य एमालेबाट एकीकृत समाजवादीमा गएसँगै वाग्मतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य पनि अल्पमतमा पर्नुभएको छ । यस्तै सुदूरपश्चिममा पनि १० प्रदेश सभा सदस्यले एमाले छाडेका छन् ।
प्रतिक्रिया दिनुहोस्