कोहलपुर/लगनशीलता र क्रियाशीलताको अर्काे नाम हो नमराज जैसी, जो आम युवाहरुको प्रेरणाका श्रोतका रुपमा आफ्नो पहिचान बनाउन सफल व्यक्तिको सूचीमा आफूलाई उभ्याउँन सफल भएका छन् ।

उनको जहाँ सक्रियता रहन्छ, आफ्नो कार्य सम्पादनमा सदैव अब्बल जनशक्तिको रुपमा परिचय छाड्न सफल जैसीले अर्को सफलता हासिल गरेका छन् । यस क्षेत्रका हरेक युवा हरुमा परिचित जैसी हरेक किसिमका व्यवसायिक चिन्तनमा तल्लिन उनी कोहलपुर क्षेत्रमा कुनै समयको सफल व्यवसायी र उद्यमी समेत हुन् । कोहलपुर क्षेत्रमा किराना, कस्मेटिक, आयुर्वेदिक सप्लायर्स तथा छापाखाना लगायतका व्यवसायमा हात हालेका जैसी वाणिज्य र उद्यमशीलताको विषयमा उनीसँग ठुलो अनुभव राख्दछन ।

जैसी देशबाट संचालित एन.एन. मिडिया प्रा.लि द्वारा संचालित न्यूज नमस्ते अनलाइन (हाल ) , राप्ती सोनारी दैनिक, संघिय अखबार दैनिक तथा बागडोर डटकम सम्पादक लगायतका मिडियामा सम्पादकको भूमिकामा आवद्धता रहेका छन् ।

आफ्नो व्यावसायिक अनुभवलाई व्यहारिक रुपमा प्रयोग गर्दै उनले नेपालको पहिलो बस्तुको प्रत्यक्ष विक्री (डाईरेक्ट सेलिङ्ग) को १ नम्बर ईजाजत प्राप्त कम्पनी आईबोस ग्लोबल लाईफ ईन्टरनेशनलको सुदुरपश्चिम प्रमुखको जिम्मेवारी पाएपछि उनको कार्यसम्पादनको चर्चा कम्पनीमा चुलियो ।

उनी आफुमा रहेको सैद्वान्तिक ज्ञान र क्षमतालाई व्यहारिक रुपमा प्रयोग गर्दै आइबोस कम्पनीको उत्कृष्ट ब्यापारीको सूचीमा आफूलाई सूचीकृत गर्न सफल भए । उनको लगनशीलता र कार्यसम्पादनबाट कम्पनीलाई पुया¥एको अतुलनलिय योगदानको उच्च कदर गर्दै कम्पनीले उत्कृष्ट व्यापार अवार्ड अन्र्तगत कार बिजेता बन्न सफल भएका छन् । १ वर्षको अन्तरालमा देशैभरी कम्पनी मातहतमा रहेका वितरकहरुको कार्यसम्पादनमा आफूलाई अब्बल सावित गर्न उनले कडा मेहनतका साथै फरक तरिकाले कार्यसम्पादन गर्ने अठोट लिएर १ वर्षमै उत्कृष्ट अवार्डबाट विभुषित भएपछि उनी मात्र नभएर उनका शुभचिन्तक र परिवारजनहरुमा खुशीयाली छाएको छ ।

मानिसहरूलाई स्वास्थ्य, सौन्दर्य र समृद्धिको साथ जीवनशैली राम्रोसँग हेर्नको लागि प्राकृतिक स्रोतहरू, घरेलु उत्पादनहरू र सीपहरूको उपयोग गरी विभिन्न उत्पादित सामग्रीहरुको उपभोग गराउने उदेश्य आईबोस ग्लोबल लाईफ ईन्टरनेशनलले राखेको छ । आईबोस ग्लोबल लाइफ इन्टरनेशनल प्राइभेट लिमिटेड बस्तुको प्रत्यक्ष विक्री मार्केटिङ आधारित कम्पनी हो जुन २०२० मा नेपालमा स्थापना भएको हो भने २०७७ असार १६ गते नेपाल सरकारबाट पहिलो नम्बरमा इजाजत प्राप्त कम्पनी हो । एक विश्वव्यापी स्वास्थ्य पूरक, सौन्दर्य र होमकेयर उत्पादनहरुमा कारोबार प्रत्यक्ष बिक्री उद्योगमा एक अग्रणी निर्माण र मार्केटिंङ कम्पनी बन्न सफल भएको छ । आईबोस ग्लोबल लाइफ निरन्तर एक बर्षमै अनौठो दरमा बढ्दैछ । आफैंमा विकास दरले उत्पादनहरूको गुणस्तर, मार्केटिङ्ग योजना, सेवाग्राहीहरुलाई गुणस्तर सामग्रीहरु प्रदान गरि उपभोक्ताहरुको मन जित्न सफल भएको छ ।

नेपालमै आईबोस ग्लोबल लाइफ इन्टरनेशनल प्राइभेट लिमिटेडले ग्रीन बुटीद्वारा उत्पादन भएका विभिन्न ब्रान्डमा उपभोक्ताहरुको आकर्षण पनि उत्तिकै बढेको छ ।