पहाडमा चर्न जाँदा घाइते भएका १० गाईलाई यसरी हेलिकप्टरवाट बेसी ल्याइयो

भाद्र १४,
पहाडमा चर्न गएका गाई घाइते भएर हिड्न नसकेपछि हेलिकप्टरवाट उद्दार गरेर बेसीमा ल्याइएको दृष्य र तस्बिर अहिले सामाजिक सञ्जालमा छन् । स्विट्जरल्यान्डमा पहाडमा चर्ने क्रममा घाइते भएपछि १० वटा गाईलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो । निकै सतर्कता पूर्वक ति गाईलाई बेसीमा ल्याइएको हो ।
समाचार संस्था रोयटर्सका अनुसार पहाडको माथि चौरमा चर्न गएका ती गाई घाइते भएर हिँड्न नसक्ने भएपछि शुक्रबार तिनलाई हेलिकोप्टरमा डोरीले बाँ धी झु न्ड्या एर तल फेदीमा ल्याइएको हो। त्यसरी हेलिकोप्टरबाट ल्याइएका गाईलाई तल जमिनमा होसियारीपूर्वक झारिएको थियो।
त्यसका लागि तल केही किसान बसेका थिए। बेसीमा ल्याएपछि किसानहरुले आफ्ना आफ्ना गाई गाडीमा चढाएर लिएर गएका थिए । अहिले सो भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ ।
प्रतिक्रिया दिनुहोस्