ललितपुर, १३ भदौ
शैक्षिक उन्नयनमा योगदान पु¥याउनुभएका किटिनी माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक स्व नारायणप्रसाद बाँस्कोटाको सालिक अनावरण गरिएको छ । विसं २०२९ मा विद्यालयको प्रधानाध्यापक बन्नुभएका उहाँले बाँकी समय शिक्षाको गुणस्तर बढाउन उल्लेखनीय योगदान दिनुभएको थियो ।    
    
खरो स्वभावका स्व बाँस्कोटा सदैव विद्यालयको हितमा दिनरात लागि पर्ने भएका कारण गोदावरीलगायत दक्षिण भेगका विद्यार्थीको त्यहाँ आकर्षण बढ्न थालेको थियो । विसं २०३६ को शिक्षक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका उहाँले नै पहिलो पटक शिक्षकका लागि कोष स्थापना र निवृत्तिभरणका लागि आबाज उठाउनुभएको थियो ।    
    
 क्षनेत्र नं १ का सांसद नवराज सिलवाले आज सालिक अनावरण गर्दै असल नागरिक उत्पादन गर्ने यस्ता अमर व्यक्तिका योगदान धर्म र तीर्थ गरेभन्दा पुण्य हुने धारणा व्यक्त गर्नुभयो । “ शालिक अनावरणसँगै अन्य व्यक्तिलाई पनि प्रथप्रदर्शकको भूमिका निर्वाह गर्न सदैव झकझकाउने विश्वास लिएको छु,” उहाँले भन्नुभयो, “शिक्षक बाँस्कोटाको पे्ररणा अनि मार्गदर्शनले गर्दा आफू पनि यो स्थानसम्म आइपुगेको हुँ।”    
    
 विद्यालय सञ्चालक समितिका अध्यक्ष पुरुषोत्तमबहादुर सिलवालले नारायणप्रसाद बाँस्कोटा प्रतिष्ठानलाई सक्रिय बनाएर सामाजिक काममा थप योगदान पु¥याउन बढी रकम सङ्कलन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द घिमिरेले स्व बाँस्कोटाकै पहलमा विसं २०३० पहिलो पटक यस विद्यालयले प्रवेशिका परीक्षाको बोर्डमा पहिलो स्थान ल्याउन सफल भएको चर्चा गर्दै उहाँले अवलम्बन गर्नुभएको पथलाई अनुसरण गरी सदैव समाजमा इमान्दार र अनुशासित भई जिउन प्रण गर्नुपर्नेमा जोड दिनुभयो ।    
    
 प्रधानाध्यापक सरोजकुमार केसीले स्व। बाँस्कोटाबाट शिक्षा ग्रहण गरेका कैयौँ विद्यार्थी आज विभिन्न निकायको नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् भन्नुभयो । किटिनी क्याम्पसका निमित्त प्रमुख जनार्दन आचार्यले यस सालिकले सदैव आफूहरुलाई काममा जिम्मेवार रहन सचेत गराउने बताउनुभयो ।    
    
 गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले विद्यालयको शैक्षिक सुधार र व्यवस्थापनका लागि वार्षिक रु सात लाख उपलब्ध गराउँदै आएको जानकारी दिँदै सबैले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमै भर्ना गराई शैक्षिक सुधारमा पहल गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।    
 स्व शिक्षकका समकक्षी चिरञ्जीवी आचार्य, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष सुरेन्द्रकुमार घिमिरे, प्रतिष्ठानका अध्यक्ष तथा पूर्वविद्यार्थी शरदप्रसाद न्यौपाने स्व वाँस्कोटाले पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभयो ।    
 ।    
    
 स्व बाँस्कोटासँग अध्ययन गरेर नेतृत्वादायी भूमिका निर्वाह गरेका सांसद सिलवाल, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० प्रदेश सचिवालय सदस्य मधुसुदन पौडेल र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका वैज्ञानिक ईश्वर महर्जनलगायतलाई सम्मान गरिएको थियो ।    
    
 विसं २००४ मा किटिनी आधार स्कूलका नाममा पहिलोपटक सञ्चालन गरिएको वडा नं ३ स्थित सो विद्यालय यस भेगमै सबैभन्दा पुरानो हो । विसं २०७६ जेठ ३ गते स्वर्गीय हुनुभएका बाँस्कोटा उक्त विद्यालयमा २०२९ सालदेखि २०६२ सम्म प्रधानाध्यापक हुनाका साथै विसं २०६२ देखि २०७६ सम्म क्याम्पस प्रमुखसमेत भएर सोवा गर्नुभएको थियो । रासस