१३ भदौ, काठमाडौं । मोडल,अभिनेत्री,निर्माताको छवि बनाएकी केकी अधिकारीको पछिल्लो काम हो बो क्सी को घर । उनको त्यो फिल्म आउन बाँकी छ । महामारीका कारण उनको फिल्म प्रदर्शनमा आएको छैन । उनले कपाल मुण्डन गर्नुको पछाडी यहि नै कारण हो । फिल्मको लागि उनले कपाल मुण्डन गरेकी हुन् । त्यसवेला उनको निकै चर्चा पनि भयो । 

यसवेला उनको निकै चर्चित कार्यक्रम कमेडी च्याम्पियन निकै चर्चित छ । उनी त्यसको निर्माता पनि हुन् । केकी टेलिभिजनको डान्स रियालिटी शो हुँदै म्युजिक भिडियो र फिल्म अभिनयमा प्रवेश गरेकी उनले एक फिल्म निर्माण समेत गरिसकेकी छन् । पछिल्लो समय कमेडी रियालिटी शो कमेडी च्याम्पियन निर्माण गरिरहेकी केकी विवादरहित अभिनेत्री पनि हुन् । 

उनी निकै सोँचेर बोल्ने गर्छिन । उनलाई बौद्धिक नायीका पनि भनिन्छ । त्यस्तै नृत्यमा समेत पोख्न उनी अविवाहित छिन् । उनलाई जहिले पनि आउने एउटा प्रश्न विवाह कहिले गर्ने भन्ने हो ? त्यसको जवाफ पनि उनी निकै रमाइलो पारामा दिन्छिन् । पछिल्लो एक भिडियोमा उनले त्यसवारे बताउँदै उनले भनिन् अहिले तत्कालै विवाह गर्ने कुनै योजना छैन । 

अन्य नायीका जस्तै केकीको पनि आफ्नै युट्युव च्यानल छ । उनले त्यसमा आफ्ना फ्यानहरुको प्रश्नको जवाफ दिन्छिन् । त्यसमा पनि उनलाई विवाहको बारेमा प्रश्न गरिएको छ । विवाह कहिले गर्ने ? यो प्रश्नको जवाफमा उनले दिँदै भनेकी छन्, अचेल मलाई विवाहदेखि ड र ला ग्न थालेको छ । 

फ्यानसँगको प्रश्न र जवाफ उनले आफ्नो युट्युव च्यानलमा समेत राखेकी छन् । जसमा उनले केही फ्यानका प्रश्नको जवाफ समेत दिएकी छन् । जसमा एक फ्यानले उनलाई ‘बिहे गरम गरम लाग्दैन ? ’ भनेर समेत प्रश्न गरेका छन् । जसको जवाफ उनले हाँस्दै भनेकी छन् ‘ ‘बिहे गरम गरम त कसैलाई हुन्छ जस्तो मलाई लाग्दैन । बिहे गरम गरम लागेर गरेका होइनन् होला । बिहे नगरम नगरम पनि मलाई भएको छैन ।’ सोही प्रश्नको जवाफमा उनले आफूलाई प्रेम प्रस्ताव राख्ने युवकहरुको लिस्ट समेत लामै भएको बताएकी छन् । 

उनले आफुलाई कति प्रेम प्रस्ताव आयो त्यो सबैको लिष्ट बनाएर मेल गर्ने पनि बताइन् । रमाइलो पारामा भनिन्, म तपाईलाई सबै काउन्ट गरेर मेल गर्छु है । उनले गुगलमा भएको सबै कुरा विश्वास नगर्नु भन्ने सुझाव दिइन् । उनले आफ्नो हाइटको बारेमा बताइनन् । यो कुरा सेक्रेट नै राखौं है भनिन् ।