भेरी अस्पतालको लार्पबाही ले मृत शिशु साटिएको भन्दै विवाद ।

बाँके खजुरा गाउँपालिका सिमलघारी बस्ने चन्द्रा विकले ९ दिन अघि भेरी अस्पताल नेपालगन्जमा जन्म दिएको शिशु भेरी अस्पतालमा साटिएको घटना बाहीर आएको छ । बुधबार शिशुको मृत्यु भएको भन्दै अस्पतालले चन्द्रा विक र उनका परिवारलाई शव बुझाईएको थियो । शिशुको अन्तिम संस्कारका लागि मानखोला पुगेर शव खोलेर हेर्दा शिशुको शवको हाँतमा गीता चौधरी नामको ट्याग लगाईएको देखेपछि बिक परिवार अक्रोशित हुदै अस्पताल पुगेका थिए । आफ्नो बच्चा जिउँदो रहेको तर अरुकै मृत बच्चाको शव बुझाएको भन्दै बिक परिवारले विवाद गरेका छन् । विवादपछि भेरी अस्पताल नेपालन्जमा खटिएका प्रहरी निरीक्षक देव गिरीका अनुसार शिशुको मृत्यु भएपछि एक हाँतमा गीता चौधरी र अर्को हाँतमा चन्द्रा विक लेखिएको ट्याग लागेको थियो । विवादपछि अस्पताल प्रशासनले स्वास्थ्कर्मीको लापबार्हीका कारण शिशुको दुबै हाँतमा ट्याग लगाइएको स्वीकार गरेको छ । अस्पताल प्रशासन र विक दम्पत्तीबीच छलफल भएको घटनाका बारेमा छलफल समेत भएको छ । बच्चा कस्को हो भन्ने बारेमा डिएनए टेष्ट बाट पत्ता लाग्ने र शिशुको डिएनए टेष्टका लागि काठ्माडौ पठाइने रिपोर्ट पछि मात्र मृत शिशु कस्को हो भन्ने बारेमा पत्ता लाग्ने भेरी अस्पतालका डा सुपरिटेडेन्ट डा प्रकाश थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्