काठमाडौँ, ९ भदौ। आज मिति वि सं २०७८ साल भदौ महिनाको ९ गते बुधबार, तदअनुसार सन् २०२१ अगस्ट २५ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुने योग रहेको छ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता पनि बढ्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आज विद्या र बुद्धिको विकास हुनेछ । मङ्गल कार्यको योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । रोजगारको अवसर मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मान प्रतिष्ठामा वृद्धि होला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आज शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा सफलता र रुचि बढ्नेछ । उपहारको सम्भावना पनि छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

व्यर्थको यात्रामा जान बाध्य भइएला । मन खिन्न हुने स्थिति आउनेछ । पेट सम्बन्धी समस्या आउला । शेयर बजारको लगानीले पनि साथ नदेला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिकताको विकास हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । पुँजीबजार या शेयर बजारको लगानीले धन प्राप्त हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । लाभदायक यात्राको योग छ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज कार्य सम्पादनमा समस्या आउला । सरकारी निकायको भय रहनेछ । मनमा शङ्का र अविश्वास उत्पन्न हुनेछ, तर आर्थिक लाभ भने हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

अचल सम्पत्ति हात पर्ने योग छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

मङ्गल कार्यको योग छ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।