काँचो छालालाई परम्परागत प्रविधिबाट प्रशोधन गरी बनाईने

कुनै बेला दैलेख सावँरको छालाका लागि प्रसिद जिल्ला मानिँथ्यो । सावँरको छालाको जुत्ताका लागि देशका ठुल ठुला शहर र विदेशसम्मबाट माग आउँथ्यो । उसो त दैलेखको जिल्लामा आउने सरकारी एवं गैरसरकारी संस्थाका कर्मचारीले आफन्तलाई दैलेखको चिनो रुपमा सावँरकै जुत्ता चप्पल कोट जाकेट लिएर जान्थे । कतिपयले दैलेखबासीले आफना सहपाठी र अग्रजलाई दैलेखको चिनो सावँर छाला लिएर जाने चलन थियो । तर पछिल्लो समयमा दैलेखमा सावँर छाला जुत्ताचप्पल धेरै पाउन छाडेको छ । जिल्लामा चोरी शिकार बढन थाल्नुका साथै वन फडानी हुन थालेपछि सँगै सावँरको छाला हराउँदै गएको छ ।
काँचो छालालाई परम्परागत प्रविधिबाट प्रशोधन गरी बनाईने ‘सावँर छाला’का लागि दैलेख नेपालकै प्रसिद्ध मानिन्छ । सदरमुकाम समेत रहेको नारायण नगरपालिका वडा–१ भगवती टोलमा रहेको ‘सावँर छाला ’बनाउँने स्थान अहिले देखिदैन । ‘कुनै समयमा नेपाल मात्र नभई विदेशमा सम्म पुगेको सावँरबाट निर्माणधिन जुत्ता, चप्पल, कोट लोकप्रिय मानिन्थे ।’ अहिले माग बढेपनि आपुर्ती शुन्य छ । जिल्लामा गरिने हरेक जसो कार्यक्रमहरुमा सावँरबाट निर्माणधिन सामाग्रीहरु चिनोको रुपमा दिने गरेको पाईन्छ । त्यो अहिले छैन् । जंगली जनावर मृग, रतुवाको छालाबाट निर्मित सावँरको जुत्ता, चप्पलको माग दिनानुदिन बढदै गएको छ,’‘भने सावँर छाला लोपको संघारमा छ । चाडपर्व नजिकिँदै गर्दा विभिन्न पेशा, व्यवसायमा लागेका उपभोक्ताले सावँर जुत्ताको धमाधम ‘अर्डर’ दिने गरेको एक सावँर व्यापारी शंकर वयलकोटीले बताए । तर, पछिल्ला केही बर्षमा सावँर छाला देखिन छाडेको छ । जिल्लाबाट बाहिरिने अधिकांशले चिनोका रूपमा सावँर जुत्ता, चप्पल लिने गर्दथे कुनै समय,’ भने् छाला जुत्ताका व्यापारीहरुलाई ग्राहकको माग पूरा गराउन निकै‘धौ धौ हुन्थ्यो ।’ त्यस्तो अहिले पनि मृग र रतुवाको छालाबाट बनाईएको सावँरको जुत्ता, चप्पलको माग बढ्दो छ । अहिले जंगलहरु सामुदायिक र राष्ट्रिय वनका रुपमा संरक्षण भएकाले वन्यजन्तु मार्न ‘प्रतिबन्धित’ छ । तर, चाडपर्व नजिकिँदा सावँरका जुत्ता, चप्पलको माग अत्यधिक हुने गरेको वयलकोटीले बताए ।

पछिल्लो समय सावँर व्यापारीहरु अरु नभएकाले सावँर भए बनाउने र नभए नबनाउने गरेको छु,’उहाँले थप्नुभयो ,‘सावँरमा आकर्षक, बलियो र पालिस लगाउन नपर्ने भएकाले यसलाई बढी रुचाईएको हो ।’ उहाँका अनुसार केही पहिले सावँरको खोजि गर्न एक टोलि आएपनि निरन्तरता पाएन् । उनीहरुले काम गर्न नसकेपछि जिल्लाबाट बाहिरिएका हुन् । आफुले बनाएको जुत्ता, चप्पल लगाएत स्टकोट जापान समेत निर्यात गरेको उनको भनाई छ । ‘यसको महत्व निकै छ । जापानबाट फोन आएको आफु काठमाडौँ गई जापान पनि पठाएको छु । ‘हाल सावँरको एक जोडी जुत्तालाई रु. ४ हजार देखि ६ हजारमा विक्री हुने गरेको छ । अहिले पनि स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट ‘अर्डर’ आउने गरेको भएपनि आपुर्ती शुन्य हुँदा माग पुरा गर्न सकिएको छैन । सार्की समुदायको पुख्र्याेउली पेशाको रुपमा रहेको ‘सावँरको छाला’ उत्पादन तथा व्यावसायीकरण गर्न सके धेरै बेरोजगार युवाले रोजगारी पाउने सदरमुकामबासी पृथ बयलकोटीले बताए । व्यवसायलाई आधुनिक प्रशोधन गर्ने प्रविधि आयात गरी नयाँ प्रविधिको प्रयोगमा व्यवसयालाई आधुनिकीकरण गर्नुपर्ने सरोकारवालाहरुको जोड छ । दैलेखको एक मात्र चिनारीको रुपमा रहेको यसलाई व्यावसायिकीकरणमा जोड दिनको लागि आन्तरिक र वाह्य पर्यटकहरुलाई सामानहरु वेचविखन गरि आयश्रोत बढाउन सकिने दैलेखका बुद्धिजीविको भनाई छ । सावँरबाट दैनिक उपभोग गरिने जुत्ता, चप्पल मात्र नभई कम्मरमा बाध्ने पेटी,झोला ,पर्स आदि सामाग्रीहरु बन्ने गर्दछन् । सामान्यतया सार्की समुदायको यो पेशा अहिलेका नयाँ पुस्ताले काम गर्न रुचाउँदैनन् ,’वयलकोटीले थपे ।
‘ विगत ८ बर्ष यता उत्पादनमा ह्रास आएको छ । २०६४ साल यता यो व्यवसाय संकर बाहेक अरुले गरेका छैनन् । ९० दिन तयार बन्छ सावँर छाला सावँर उत्पादनका लागि ४ ओटा विषेश प्रकारका खाल्डा (खाडी) बनाईन्छ । खाडीमा मौवा,उत्तिस, चुन र धाईरो जस्ता बोटबिरुवाको वोक्राहरुको मसिनो धुलो बनाई चुनापानीमा मिसाई छाला त्यसमा राखिन्छ । करिब २० दिन सम्म खाडीमा राखेपछि छालाका रौँहरु जान्छन् । त्यसपछि विशेष प्रकारको थैलोमा छाला सुकाईन्छ र सावँर तयार हुन्छ । व्यापारी संकर वयलकोटीका अनुसार प्रशोधन गर्नका लागि करिब ३ महिना लाग्छ । संरक्षणमा राज्यको चासो ‘सावँर छाला’ लोप हुँदै गएपछि प्रदेश तथा स्थानीय सरकारहरुले चासो दिएका छन् । गत आर्थिक बर्ष पनि प्रदेश सरकारले बजेटको व्यवस्थापन गरेको थियो,‘तर काम नभएर बजेट फ्रिज भयो । यो बर्ष कर्णाली प्रदेश सरकारले–४० लाख बजेट विनियोजन गरेको बताएको छ । नारायण नगरपालिकाले पनि बजेट छुट्याउने चासो दिएपनि निरन्तरता भने दिन नसकेको सावँर व्यावसायीको भनाई छ ।
नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्काले वन्य जन्तुबाट नभई घरपालुवा जनावरबाट प्रशोधन गर्ने गरी तयारी थाल्ने जानकारी दिए । ‘‘बँगुर र राँगाको बदशाला बनाई त्यसबाट सावँर बनाउने गरी आधुनिक प्रशोधन गर्नुपर्ने देखिन्छ,’उनले भने ।’’ सावँरको माग अत्यधिक भएकाले जोगाउनुपर्नेमा उहाँको जोड छ । सावँरको प्रसार–प्रचार हुन नसक्दा ओझेलमा परेको हो,उनले भने । ,‘यसलाई जोगाई व्यापारी करण गर्न सके जिल्लालाई नै फाईदा पुग्ने छ ।’ पहिलेको समयमा काम गर्ने बुढापाखाहरु अहिले नभएको र युवापुस्ताले काम गर्न नरुचाउने देखिएकाले समस्या देखिएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्