कोहलपुर नगरपालिका वडा नं. ११ एकतानगर बस्ने ८२ वर्षिया बृद्धा साउनी कार्कीको हत्याकाण्डका अभियुक्तलाई कोहलपुर प्रहरीले सार्वजनिक गरेको छ ।
गत श्रावण २ गते कोहलपुर नगरपालिका ११ एकता नगरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा कार्कीको हत्या भएको थियो । माओवादीको युवा संगठन वाईसीएल बाँकेका संयोजक आकाश कार्कीको आमा समेत रहेकी कार्कीको टाउकोमा धाराको हत्ताले प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले कोहलपुर नगरपालिका १२ चप्परगौंडी रामजानकी टोलका ३४ वर्षिय सन्तोष कुमार थापा उर्फ चाईनिजलाई पक्राउ गरी घटना घटेको ३७ दिनपछि सार्वजनिक गरेको हो ।

को हुन् अभियुक्त सन्तोष थापा “चाइनिज”
कोहलपुरका स्थानिय युवा चाइनिज लामो समयदेखि लागु पदार्थ तथा लागु औषध दुव्र्यसनी हुन् । युवा अवस्थामा प्रवेश गरेसँगै गुण्डागर्दी तथा कुटपिटजन्य गतिविधीमा संलग्न चाइनिज ०६३/०६३ सालपछि कोहलपुर क्षेत्रमा नाम चलेको गुण्डा एवम् दादाको रुपमा परिचय बनाइसकेका थिए । विस्तारै गुण्डागर्दीसँगै लागु औषध प्रयोगकर्ताको रुपमा पनि दुव्र्यवसनीको लतमा फसे । पटक पटक कुटपिट, गुण्डागर्दी, चोरी लगाएतका घटनाहरुमा प्रहरी हिरासतमा पुगेका उनी आप्mनो पुरानो गतविधीलाई निरन्तरता दिइरहे । लागु औषध दुव्र्यसनीको लतमा फसेपछि आफ्नो लत मेटाउन जुन सुकै वस्तु तथा सामान चोरी गरेर विक्री गर्दै लागु औषध सेवन गर्ने गरेका उनी नगर क्षेत्रमा लोफर वा आवाराको उपमा पनि पाएका थिए । लागु औषधको जोहो वा व्यवस्थापन गर्नकै लागि जस्तो सुकै आपराधिक गतिविधी गर्न पछि नपर्ने उनी ८२ वर्षिया बृद्वाको हत्या गर्नुको पछाडी पैसा वा गरगहना लुटपाट गरी विक्रीबाट प्राप्त हुने पैसाले लागु औषधको लत मेट्नको लागि रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनाल बताउँछन् ।

घटनाको विवरण
पक्राउ प्रतिवादी चाइनिजले प्रहरीलाई दिएको बयान अनुसार सधै जसो मादक पदार्थ (रक्सी), लागु औषध (गाँजा), लागु औषध(कोरेक्स), नाइट्रोभेट सेवन गर्ने गर्दथे । उनी प्राय डुडुवा पुल नजिक रहेको मसानघाट नर्सरी जंगल, साँझा चोक देखि पश्चिम तर्फ रहेका २ वटा चिया तथा किराना पसल ररुपैडिया भारतमा रहेको रोहित मेडिकलमा नसा लिने गर्दथे । श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको र ३ वर्ष अघि वुवाको मृत्यु भएपछि आप्mनो जिवनदेखि विरक्त भएर अत्याधिक नशा सेवन गरेर जहाँ मन लाग्यो त्यही हिड्ने गर्दथे । घटना घटेको दिन अर्थात मिति २०७८ श्रावण २ गते विहान अन्दाजी ८ बजेतिर घरबाट घरेलु मदिरा १ बोत्तल लिइ हिडेका उनी डुडुवा खोला नजिक रहेको समसानघाट नजिकको नर्सरी जंगलमा बसी चुरोटमा मिसाएर लागु औषध(गाँजा) र रक्सी सेवन गरेका थिए । सोही दिन बेलुका अन्दाजी ६/७ बजेतिर पैदल हिड्दै डुडुवा पुल हुँदै एकतानगरको बाटो हुँदै साझा चोकदेखि पश्चिम तर्फ एक जना चौधरीले सञ्चालन गरेको नास्ता पसलबाट चिप्स र आधा वोतल रक्सी ल्याई सोही पसल नजिकै बसेर गाँजा मिसाएको चुरोट र रक्सी सेवन गरेपछि उनलाई अत्याधिक नशा लाग्छ । त्यसपछि राती सबैजना सुतिसकेपछि उनी एक्लै साँझा चोकबाट एकतानगरको बाटो हुँदै समसानघाटनतर्फ जाने क्रममा एकतानगर चोकमा रहेको साउनी कार्कीको घरमा चोरी गर्ने योजना बनाउँछन् । कार्कीको घरको पछाडीतिर रहेको मकैवारी भएर घरभित्र प्रवेश गर्दा कार्कीले ढोका खुल्लै राखेर निदाइरहेको देख्छन् । चाइनिजले आफूलाई यस क्षेत्रका सबै व्यक्तिले चिन्ने भएकाले चोरी पछि फस्ने डरले घरमा रहेको धाराको हत्ता खोलेर निदाइरहेकी वृद्वा कार्कीको टाउकोमा प्रहार गर्छन् । कार्की वेहोस भएको अनुमान गरेर दराज खोलेर सुनको चेप्टो जन्तर आकारको गहना, ५÷६ हजार नगद, सानो सुनको तिलहरी, छिल्लर पैसा र एउटा चाँदीको वाला चोरी गरेर खेतैखेत भाग्न सफल हुन्छन् । भाग्ने क्रममा अरु सबै सामाग्रही खेततिर कता खस्छ उनले पत्तो पाउँदैनन् एउटा सुनको जन्तर जन्तरमात्र उनीसँग रहन्छ । चोरी गरेको जन्तर नेपालमा विक्री गरे घटनाको रहस्य खुल्ने डरले उनले रुपैडिया भारतका देखे चिन्ने राकेश बर्मालाई रु.७ हजार ५ सयमा विक्री गर्छन् । यस अघि उनी ज्यान मार्ने उद्योग, चोरी जस्ता जघन्य मुद्दामा सजाए पाइसकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रबिन्द्र खनाल बताउँछन् ।

घटना पछि प्रहरीको अप्रेशन
घटना भएपश्चात प्रहरीले आइतबार दिनभर अनुसन्धानको क्रममै रह्यो । आइतबार बिहान ६ः१४ मिनेटमा घटनाको बारेमा प्रहरीलाई खबर पुगेको थियो । घटना स्थलमा प्रहरी ६ः२० मिनेटमा पुगिसकेको थियो । घटनास्थलमा प्रहरीले कुनैपनि सुराक पाउन सक्दैन । अत्याधिक वर्षाका कारण प्रहरीले अनुसन्धान मद्दतका लागि प्रयोग गरेको तालिम प्राप्त कुकुरबाट पनि कुनै प्रमाण प्रहरीलाई फेला पर्दैन । हत्याको प्रारम्भिक अनुसम्धानको क्रममा प्रहरीले लागुऔषध सेवनकर्ताहरुलाई प्रक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालयले दिउँसो सम्म ७ जनालाई नियन्त्रणमा लिई सोधपुछ थालनी ग¥यो । दिउँसो ३ः४० बजे प्रहरीले लागुऔषध प्रयोगकर्ताहरुलाई पक्राउ गरी संकास्पद रहेका अन्य ३ जनालाई नियन्त्रण लिने कोशीस जारी राखी खोजतलास गर्ने कार्य गरेको थियो । वेलुका सम्म ३ जना अनुसन्धान को घेरा भित्र परेका थिए । तर उनिहरुको अत्तोपत्तो भएन । अर्को दिन ईलाका प्रहरी कार्यालयले आफ्नो मातहतमा पर्ने चौकीहरु लगाएत जिल्ला भर खोजतलास जारी राखी राख्छ । ईलाका प्रहरीका कार्यालयले खटाएको सादा पोसाकका प्रहरीले २ जना लाई कोहलपुर दशविगाहा र १ जनालाई कोहलपुरको चप्परगौडीबाट नियन्त्रणमा लिन सफल भयो । सादा पोसाकका प्रहरीले फोन नम्बर पत्ता लगाई विभिन्न प्रलोभन देखाई, आफु उनीहरुकै साथीले पठाएको अन्य कुराहरु गरी लोकेशन पत्ता लगाई नियन्त्रणमा लिन सफल भएको हो । सोमबार दिउँसो ३ः३० बजे सम्म करिब १० जना प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा संकास्पदहरु नियन्त्रण लिइ अनुसन्धान बढाएको छ । त्यसपछि करिब ६० जना जति युवाहरु जो लागु पदार्थ प्रयोगकर्ता, विगतमा गुण्डागर्दी तथा आपराधिक घटनामा संलग्न हुने गरेका थिए प्रहरीले सबैलाई पक्राउ गर्दै आवश्यक अनुसन्धान गर्दै छाड्ने गर्छ । घटना निकै रहस्यमय बनेकाले प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोको नेतृत्व गर्दै प्रहरी नायब उपरीक्षक सहितको विज्ञ टोली श्रावण दोस्रो हप्ता कोहलपुर आइपुग्छ । कोहलपुर प्रहरीले विज्ञसँग आवश्यक समन्वय गर्दै अनुसन्धानलाई अझ तिव्र बनाउँछ र कोहलपुर प्रहरीले गरेको अनुसन्धानको निक्र्यौलमा केन्द्रिय अनुसन्धान व्युरो पनि पुग्छ ।

कसरी पुग्यो प्रहरी अभियुक्तसम्म
गत जेठ १०गते कोहलपुर नगरपालिका वडा नं. १२ भरैयामा एउटा घटना घट्छ । रातको समयमा घरमा सुतिरहेकी एक महिलालाई आक्रमण गरेर अभियुक्त भाग्न सफल भएको हुन्छ । भरैयामा पनि घटनामा संलग्न अभियुक्तले धाराको हत्ता प्रयोग गरेर महिलाको टाउकोमा प्रहार गरेर वेहोस बनाएको हुन्छ । आक्रमणमा परेकी महिलाको होस आएपछि उनले चोर/चोर भनेरकराएपछि अभियुक्त त्यहाँबाट भागेको हुन्छ । यो घटनालाई प्रहरीले सुक्ष्म अध्ययन अनुसन्धान गर्छ । कार्की हत्याकाण्ड र भरैया घटनामा अपराधीले गरेको अपराधको शैली धेरै मिल्दोजुल्दो पाइएपछि भरैया घटनामा संलग्नको खोजीकार्यलाई प्रहरीले तिब्र बनाउँछ । भरैया घटनाका पीडित र स्थानियले दिएको वयान अनुसार सो घटनामा चाइनिजकै संलग्नता रहेको पुष्टि भएपछि प्रहरीले चाइनिजलाई पक्राउ गरेर अनुसन्धानलाई अगाडी बढाउँछ । अनुसन्धानका क्रममा सर्भिलेन्स, सूचना संकलन, अपराधिक गतिविधी विश्लेषण (अपराधीको अपराध गर्ने विशिष्ट कला), भौतिक उपस्थितीको सिद्वान्त, पोष्टमार्टम रिपोर्ट, प्राप्त धाराको हत्ता, रिञ्ची, कपडामा लागेको रगत, पेन्टी तथा अन्य प्रमाणका आधारमा अभियुक्त चाइनिज सम्म प्रहरी पुग्न सफल हुन्छ ।