मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ आज (सोमवार) बाँडफाँड गरिएको छ ।

बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा सोमवार बिहान गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँड गरिएको हो । 

आईपीओमा आवेदन दिएका मध्ये ३६ हजार ८ सय ५६ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ता शेयर पाएका छन् ।

कम्पनीको आईपीओमा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदन परेकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ ।

२३ लाख ५४ हजार ७ सय ८४ जना सदर आवेदकलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो ।

मानुषीले साउन २७ गतेदेखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन खुला गरेको थियो । जसमध्ये ५ हजार ४ सय ६९ कित्ता कर्मचारीको लागि १९ हजार ६ सय ८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् ।

यस्तै मानुषी लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिनेछ।

कम्पनीको हाल कायम चुक्तापूँजी ७ करोड रहेको छ । आईपीओ बाँडफाँडपछि चुक्ता पूँजी १० करोड ९३ लाख पुग्नेछ।