जीवनिमा आधारीत नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

विरामी श्रीमतीको हेरचाह गरेर सबैमाझ चर्चामा आएका विनोद खड्का र अनिता खड्काको जीवनिमा आधारित भएर पत्रकार तथा सर्जक कमल सरगमले शब्द मार्फत उतारेका छन । उनका शब्दलाई विमल डाँगीले लय सिर्जना गरेका छन भने डाँगी र पुर्णकला विसीको आवाज रहेको छ |

गीतको म्युजिक भिडियोमा राधा खड्का, प्रतिमा घतानी विनोद र अनितालाईनै देख्न सकिन्छ भने काजीश श्रेष्ठले म्युजिक भिडियो निर्देशन गरेका छन ।

गीतलाई विन्ध्यवासीनी म्युजिकले डिजिटल बजार ब्यवस्थापन गरेको छ ।

भिडियो हेर्नुहोस् :