नेपाल विद्युत प्राधिकरणले सहरी सौन्दर्यलाई वृद्धि गर्न ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउने भएको छ ।

उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थलहरुमा सजावटयुक्त आधुनिक बत्ती९स्मार्ट लाइट० जडान गरिने छ ।

यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । सफाइ अभियानअन्तर्गत मुख्य तथा सहायक सडकहरुमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तारहरु हटाउने, तारहरुलाई भूमिगत गर्नेलगायतका काम अगाडि बढाइने कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

पहिलो चरणमा उज्यालो र सफाइ सहर अभियान सङ्घीय राजधानी काठमाण्डौ उपत्यका, भरतपुर एवं पर्यटकीय पोखरा महानगरपालिकामा चलाइने र त्यसपछि विस्तार गर्दै देशभरि नै सञ्चालन गरिने छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफ्नो कार्ययोजनामार्फत वितरण लाइन तथा सबस्टेशनको क्षमता वृद्धि गर्दै वितरण प्रणालीको गुणस्तर सुधार गर्ने र सहरी क्षेत्रमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यलाई विस्तार गर्दै लैजाने घोषणा गर्नुभएको थियो । यही घोषणालाई कार्यान्वयन गर्न प्राधिकरणले ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउन लागेको हो ।

‘अहिले सडकमा प्रयोगमै नरहेका अनावश्यक पोलहरु जताततै देखिन्छन्, त्यसलाई हटाउन सुरु गरिसकेका छौँ, विद्युतीय तारलाई भूमिगत बनाउन पहिलो चरणमा काठमाण्डौको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा धमाधम काम भइरहेको छ, सहरलाई कुरुप बनाएका विभिन्न सेवा प्रदायकहरुको तारको जालोलाई हटाएर हाम्रै भूमिगत प्रणालीमा राखिने छ’, घिसिङले भन्नुभयो।

प्राधिकरणले अहिले काठमाण्डौ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउन काठमाण्डौको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम गरिरहेको छ ।

‘अहिले भइरहेको जमिन माथिको ९ओभरहेड० वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरुप बनाइरहेको तारको जालो हटी सौन्दर्यता कायम राख्न सहयोग पुग्ने भएकाले यसलाई देशका प्रमुख सहरहरुमा विस्तार गर्दैछौँ ’उहाँले भन्नुभयो ।

दोस्रो चरणमा काठमाण्डौका बाँकी रहेका ठाउँहरु, ललितपुर, भक्तपुर, पोखरा, भरतपुरको तार भूमिगत गर्ने काम अगाडि बढाइसकेको छ । विद्युतको तारसँगै अप्टिकल फाइबर पनि बिछ्याउने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरुले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् ।

सडक र पर्यटकीय क्षेत्रमा उज्यालो

प्राधिकरणले पालिकाहरुसँगको सहकार्यमा ऐतिहासिक धार्मिक, सांस्कृतिक, विश्व सम्पदामा सूचीकृत ठाउँहरु र सडकलाई राति उज्यालो बनाउन स्मार्ट बत्ती जडान गर्न अभियान नै चलाउने छ ।

ललितपुर महानगरपालिकाको सक्रिय सहभागितामा पहिलोे चरणको स्मार्ट सडक बत्ती जडान भइसकेको छ । डडेल्धुराको अमरगढी नगरपालिकाको मुख्य सडकमा सडक बत्ती जडान कार्य सम्पन्न भइसकेको छ ।

भरतपुर महानगरपालिका, झापाको कन्काई, दोलखाको भीमेश्वर, उदयपुरको बेलका, कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्मार्ट सडक बत्ती जडान भइरहेको छ । काठमाण्डौ, पोखरा र ललितपुरको दोस्रो फेजको स्मार्ट सडक बत्ती जडानको लागि ठेक्का सम्झौता हुने अन्तिम चरणमा रहेको छ ।

उज्यालो सहर अभियानअन्तर्गत काठमाण्डौको कोटेश्वर–भक्तपुर र कोटेश्वर–कलङ्की सडक खण्ड, मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा राखिएका बत्तीलाई हटाएर स्मार्ट लाइट जडान प्रकृया अगाडि बढिसकेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

अहिले देशभरबाट थप मागहरु आइरहेको र करिब २० वटा नगरपालिकाबाट प्राप्त मागलाई कार्यान्वयनमा लैजाने तयारी गरिएको छ । जसमध्ये कैलालीको धनगढी, बाँकेको कोहलपुर, दाङको लमही तथा तुलसीपुर, मकवानपुरको हेटौँडा, उदयपुरको गाईघाट, मोरङको सुन्दर हरैँचा, धनुषाको जनकपुर, काठमाण्डौको कीर्तिपुर, बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, काभ्रेको धुलिखेल, नुवाकोटको बिदुर लगायतका नगरपालिकाहरु रहेका छन् । प्राधिकरणले स्मार्ट लाइट जडानका लागि देशभरका नगरपालिकाहरुसँग प्रस्ताव माग गरेको छ ।

नगरपालिकाहरुको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान हुने छन् । लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरिवेक्षण प्राधिकरणले गर्ने छ । नगरपालिकाहरुले आफैँ शतप्रतिशत लगानी गरेर बोलपत्र गरेमा प्राधिकरणले बोलपत्र प्रकृया र सुपरिवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने छ ।

विश्व सम्पदा सूचीकृत पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथ, वसन्तपुर दरबार, पाटन दरबार, भक्तपुर दरबार, लुम्बिनी, जनकपुर, मुक्तिनाथ आदि क्षेत्रमा पालिका र नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा सजावटयुक्त स्मार्ट लाइट जडान गरिने छन् । सडकका मुख्य चोकहरुमा बढी उज्यालो दिने ठूलो बत्ती राखिने छ ।

‘उज्यालो नहुँदा हाम्रा ऐतिहासिक धरोहरहरु र पर्यटकीय स्थलहरु राति अँध्यारो नै रहने गरेका छन् भने सडक पनि अँध्यारो नै हुन्छ, त्यसैले त्यस्ता ठाउँहरुमा पालिकाहरुको साझेदारीमा स्मार्ट बत्ती राख्न उज्यालो अभियान चलाउँदै छौँ’घिसिङले भन्नुभयो ।

उहाँले सर्वसाधारणले पनि आफ्नो घरआँगनमा उज्यालो हुने गरि बत्तीहरु जडान गर्न आग्रहसमेत गर्नुभएको छ । ‘यसबाट एकातर्फ यातायात व्यवस्थापन,शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने छ भने अर्कोतर्फ सहरी सौन्दर्यमा वृद्धि हुने छ’उहाँले भन्नुभयो।