रुकुम पश्चिमको ठूली दहमा बेपत्ता दाजुभाइको शव भेटियो ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ मा रहेको ठूली दहमा डुबेका दाजुभाइको शव भेटिएको छ ।
दहमा पौडी खेल्ने क्रममा मुसिकोट नगरपालिका १ सल्लेका एकै घरका दाजुभाइ बेपत्ता भएका हुन् । बिदाको अवसर पारेर साथीहरूसँग घुम्न गएका दाजुभाइ भीमबहादुर र प्रेम थापा दहमा पौडी खेल्ने क्रममा डुबेका थिए ।
उनीहरू दहमा डुबेको खबर पाएलगत्तै प्रहरी घटनास्थलतर्फ गएको थियो ।
प्रतिक्रिया दिनुहोस्