अफगानिस्तानबाट थप ७२ नेपाली स्वदेश आइपुगे ।

अफगानिस्तानबाट थप ७२ नेपाली आज बिहान स्वदेश आइपुगेका छन् ।
उनीहरू आज बिहान ९ बजेर १५ मिनेटमा कतार एयरवेजको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
अफगानिस्तानबाट लण्डन पुर्याइएका उनीहरूलाई त्यहाँबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट आज बिहान काठमाडौँ ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । ‘उनीहरूलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाइने छ’, उहाँले भन्नुभयो ।
मंगलबार दुई चरणमा गरी २०५ जना स्वदेश आइपुगेका छन् । जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट दिउँसो ११८ र राति ८७ नेपाली स्वदेश आइपुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्