एमाले नेता रावल र बीच राष्ट्रपति भण्डारी भेटवार्ता

२४ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ।
शनिबार साँझ भण्डारी र रावलबीच शीतल निवासमा भेटवार्ता भएको हो।
शनिबार साँझ ५ बजेर १० मिनेटदेखि ७ बजेर ४० मिनेट सम्म उनीहरुबीच छलफल भएको शीतल निवास श्राेतले स्रोतले जानकारी दियो।
रावल पछिल्लो समय एमालेको माधव समूहबाट टाढिएर अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएको चर्चा राजनीतिक वृत्तमा रहेका बेला राष्ट्रपति भण्डारीसँग उनको भेटवार्ता भएको हो।
प्रतिक्रिया दिनुहोस्