बाँकेको कोहलपुर नगरपालिका कोरोना संक्रमणको उच्च जोखिममा ,कोहलपुरमा मात्र संक्रमितको संख्या २१ पुग्यो ।

बाँकेमा एकैदिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीका अनुसार संक्रमण पुष्टि भएका १३ जना कोहलपुरका हुन् । तीमध्ये ६ जना बालबालिका छन् । उनीहरु ९ देखि १८ वर्षसम्मका छन् । कोहलपुर वडा नम्वर १, २, ५ र १० मा कोभिड संक्रमण बढी देखिएको छ । कोहलपुरमा मात्र कोरोना संक्रमितको संख्या २१ पुगेको छ । बिहीबार बाँकेमा १८८ नमुना परीक्षण गरिएको थियो । जसमध्ये भेरीको प्रयोगशालामा एक सय नमुना परीक्षण गर्दा २०, मेडिकल कलेज कोहलपुरमा ५९ नमुना परीक्षण गर्दा ७ र बागेश्वरी प्रयोगशालामा २९ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।+
प्रतिक्रिया दिनुहोस्