नेपालगञ्ज–पोखरा उडान आज बाट सुरु ।

बुद्ध एयरले नेपालगञ्ज–पोखरा उडान आज बाट सुरु गरेको छ । पोखराबाट १८ यात्रु बोकेर नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको बुद्ध एयरको १८ सिटे ‘विच’ विमानका चालक दल, सहीत नेपालगञ्जबाट पोखरा जाने १७ यात्रुलाई विदाई समेत गरिएको छ । नेपालगञ्ज–पोखरा सीता एयरको महिनौँ लामो चार्टर्ड उडान, पर्यटक र यात्रुको चापलाई हेरेर बुद्ध एयरले गएको वर्षको बैशाखमै पोखरा–नेपालगञ्ज उडान गर्ने घोषणा गरेको भए पनि कोभिडका कारण कार्यान्वयन हुन नसकेकोमा आजबाट सुचारु हुन पाएको बुद्ध एयरका नेपालगञ्ज प्रमुख बिनित शाहले जानकारी दिए । बुद्ध एयरले सातामा ३ दिन आइतबार बुधबार र शुक्रबार नियमित उडन गर्ने बताए । पर्यटन प्रवद्धन समिति बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले सिता एयरको चार्टर्ड उडानबाट सुरु गरिएको नेपालगञ्ज–पोखरा उडानको बाटो पछाउदै बुद्ध यएरले हप्तामा नियमित ३ उडान राखेर आजबाट सुरु गरेको उडानले यहाँको पर्यटन क्षेत्रको विकासको लागि नयाँ आयम थप भएको बताए । आन्तरिक पर्यटक, भारतीय पर्यटकलाई लक्षित गरेर उडान सुरु गर्दा यसले पश्चिम नेपालको पर्यटनमा ठूलो टेवा पुग्ने बताउदै बुद्ध एयरले यससँगै पोखरा–वीरगञ्ज, विराटनगर–नेपालगञ्ज लगायत नयाँ रुटमा पनि सिधा उडान गर्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्