१० दिनको बच्चासहित तीन जना बेपत्ता कर्णाली नदीमा डुंगा पल्टिदा

काठमाडाैं साउन १७, २०७८
कैलालीको मोहन्याल गाउँपालिका–३, रागाँमलेखास्थित कर्णाली नदीमा आज डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा रागाँमलेखाकी २० वर्षीया उर्मिला सलामी मगर, १० दिनको बच्चा र २० वर्षीया पार्वती थापा बेपत्ता भएका छन् ।
डुंगामा १० जना सवार थिए । पाँच जना पौडी खेलेर बाहिर निस्किएका छन् भने दुई जना घाइते भएको कैलाली प्रहरीले जनाएको छ ।
घाइते हुनेमा सोही ठाउँकी , एक महिने छोरा कर्ण सलामी १९ वर्षीया धनसरा सलामी मगर रहेका छन् ।
प्रहरीका अनुसार उनीहरू सुर्खेतको चौकुने गाउँपालिका–४ मा रहेको स्वास्थ्यचौकी रागाँ मलेखाबाट बच्चालाई खोप लगाउन काठको डुंगामा जाँदै थिए ।
कैलाली प्रहरीले घटनास्थलमा प्रहरी टोली पुगेको र बेपत्ताको खोजी भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्