राप्रपाद्वारा पूर्व प्रधानमन्त्री बाबुरामको पुत्ला दहन
कोहलपुर/पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा हिन्दुहरुको आस्थामाथी आँच आउने गरी दिएको अभिव्यक्तिको बिरोध राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृसंगठनहरु बाँकेले बिरोध गरेको छ ।
शुक्रवार बाँकेको कोहलपुरमा आयोजित बिरोध ¥याली सहित कोण सभामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कोहलपुरको न्युरोड देखी कोहलपुरको चौराह क्षेत्रसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले बिरोध ¥याली गरेका हुन । बिरोध ¥याली सहित कोहलपुरको न्यूरोड चोकमा पूर्वप्रधानमन्त्रीको पुत्ला समेत राप्रपाका कार्यकर्ताहरुले जलाएका थिए ।
प्रतिक्रिया दिनुहोस्