बर्दियामा ४५० मिलिग्राम लागु औषध सहित १ जना पक्राउ

बर्दिया / पछिल्लो समयमा नेपाल प्रहरीले लागुऔषध ओसारपसार गिरोहरुलाई नियन्त्रणमा लिई कानुनी कारवाही अगाडी बढाएतापनी ऊक्त घटनात्रम भने घटेको छैन्। भारतीय सिमा नाका जोडिएको बाँके र बर्दियामा लागुऔषध ओसारपसारका गिरोहहरु दिन प्रतिदिन सक्रिय देखिएका छन् । हप्तैपिच्छे ठूलो परिमाणमा लागुऔषधमा सलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई कानुनी कारवाहीका लागि अगाडी बढाएतापनी गिरोह भने संक्रिय नै देखिन्छ ।
त्यस्तै बर्दियाको गेरुवा गाउँपालिका वडा नं.६ बेलभरियाका २९ वर्षिय रबीन थारुलाई ४५० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित राजापुर प्रहरीले पक्राउ गरेको छ ।राजापुर नगरपालिका स्थित मुरैया–टेडिया सडक खण्डमा से.१ प ७८१४ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले उनका साथ बाट व्राउन सुगर फेला पारेको हो । मोटरसाईकल र लागु औषध (ब्राउन सुगर) सहित पक्राउ गरी अनुसन्धान कार्य भईरहेको बर्दिया प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्