राप्तीसोनारी / शनिवार राप्तीसोनारी १ कुशुममा मृत अवस्थामा एक शव भेटिएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम स्थित राप्ती नदी किनारमा मृतावस्थामा एक शव भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरका ईन्सपेक्टर होम प्रकाश चौधरीले जानकारी दिए । अन्दाजी ४५ वर्षिय पुरुषको शव शनिबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले शवको मुचुल्का लिने काम भैरहेको छ । शबको पहिचानका तथा मृत्युको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको चौधरीले बताएका
छन् ।