काठमाडौँ, २ साउन

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले कोभिड–१९ बाट अप्ठ्यारोमा परेको यातायात क्षेत्रलाई माथि उठाउने कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेको छ ।    

प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बालुवाटारमा बधाई तथा शुभकामना दिँदै महासङ्घका पदाधिकारीले कोरोना खोप सर्बसुलभ बनाउन र यातायात क्षेत्रका समस्या सम्बोधन गर्न माग समेत गरेको थियो ।    

भेटमा महासङ्घका अध्यक्ष योगेन्द्र कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, दीपक अधिकारी र हरिशरण केसी, महासचिव पुण्यप्रसाद सिटौला (सरोज), नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष रामचन्द्र कार्कीलगायतको सहभागिता रहेको थियो ।रासस