क्रिप्टाे करेन्सि नेटवर्किङ मा सरकारकाे आपत्ति

काठमाडाैं / बस्तुकाे प्रत्यक्ष विक्रीका नाममा गैरकानुनी रुपले अनलाईन माध्यमकाे प्रयाेग गरि नेटवर्किङ शैलीमा व्यवसाय संचालन गर्ने प्रति वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आपत्ति जनाएकाे छ ।
बस्तुकाे प्रत्यक्ष्य बिक्रि (ब्यबस्थापन तथा नियमन )गर्ने ऐन २०७४ ले हाईपर फन्ड ग्लाेबल, जाेसिएल, सिआरयु, विन्डर, क्राउड ओन, साेलेम्याक्स, प्वाइन्ट बीस लगायतका स्वदेशि तथा विदेशि व्यक्ति/फर्म/कम्पनीहरुले अनुचित व्यपारिक क्रियाकलाप गरेका कारण दण्डनीय कसुर रहेकाे उल्लेख गरेकाे छ ।
यस्ता ब्यबशायमा ग्राभिटि क्वाईन, डाईकि क्वाईन, लाईन्स शेयर लगायतका विभिन्न कम्पनिमा ठगि गर्ने गिराेह नै सक्रिय रहेकाे बताईएकाे छ ।
गैरकानुनी तरिकाले व्यवसाय संचालन गरेकाे तथ्य प्रमाणित भएमा १० लाख रुपैया वा ५ बर्ष सम्म कैद सजाय गरिने भएकाे सुचना प्रकाशित भएसंगै व्यवसाय गरिरहेकाहरु देश छाेड्ने तयारि गरिरहेकाे स्राेतले बताएकाे छ । यस्ता कानुन बिपरित गरियका हर्कत हरुमा राज्यले कडा निगरानी गरिरहेकाे श्राेतले जनायकाे छ
प्रतिक्रिया दिनुहोस्