कर्णाली प्रदेशको राजधानी वीरेन्द्र नगरपालिकामा आन्तरिक ठेक्का बिबादमा परेको छ । नगरपालिकाबाट बाहिर जाने जडिबुटि, कवाडी र अन्य मालसामान तथा जीवजन्तुको कर उठाउने टेन्डर २०७८ असार १४ गते नगरपालिकालको सूचना जारी गरेको थियो ।
उक्त सूचनामा नगरपालिकाका कर्मचारी र केही ठेकेदारको आन्तरिक मिलेमतोको आधारमा लाखौँ रकम राजश्व घटाउने काम भइरहेको खुसी निर्माण सेवा कपिलबस्तुका संचालक सुरेन्द्र कार्कीले बताए । नगरपालिकाले ठेक्काको बोलपत्र आफ्नो वेवसाईडमा अन्तिम समयमा राखिएको कार्कीको दाबी छ । कार्कीका अनुसार आफुले २६ लाखमा बोलपत्र दर्ता गर्न खोज्दा शिवालय कन्ट्रक्सनका संचालक सन्तोष थापाले धम्की समेत दिएको र आफूसंग रहेका सम्पूर्ण कागजपत्र जफत गरेको बताए । एकातर्फ बीरेन्द्रनगरपालिकाले बोलपत्र आव्हानको सूचना सम्वन्धीत कार्यालयमा टाँस गर्नुपर्ने तर सूचना लुकाएर सार्वजनिक खरिद ऐन बिपरित कार्य भएकाले बोलपत्र रद्ध गरिदिन अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा निबेदन दर्ता गएका छन् । शिवालय कन्ट्रक्सनले ४ लाखमा उक्त ठेक्का पाएको समेत कार्की बताउँछन् । नगरपालिकाका कर्मचारी र केही ठेकदारको दादागिरीमा अहिले पनी ठेक्का आफ्नो पक्षमा पार्ने क्रियाकलापहरु भइरहेका छन् । यस विषयमा पिडित कार्की विभिन्न सम्वन्धीत निकायमा न्यायका लागि दौडिरहेका छन् । स्थानिय तहमा खोलिएका बोलपत्रहरुमा खुल्ला रुपमा प्रतिस्पर्धा गर्ने बातावरण अहिले सम्म हुन सकेको छैन । कमशनको भरमा कर्मचारी र केही ठेकेदारहरुको मिलेमतोका कारण सामान्य मानिसहरुले बोलपत्रमा आफ्नो टेन्डर हाल्न समेत डराउनु पर्ने स्थिती बनेको छ ।