बाँके प्रहरी द्धारा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ ।

बाँके/ बाँकेको नेपालगञ्ज जमुनाह नाकाबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । बाँके प्रहरीले जमुना नाका बाट नेपालगञ्ज उपमहानगरपालिका–११ का २५ वर्षीय राजिव थारुलाई पक्राउ गरेको हो । प्रहरीले जाँच गर्दा उनले अन्डरवेयरभित्र लुकाई राखेको २ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । लागुऔषध नियन्त्रण व्यूरोका प्रहरी नायव उपरीक्षक प्रेम अधिकारी र जमुनाह प्रहरीको संयुक्त पहलमा पक्राउ परेका थारुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान शुरु गरिएको बाँके प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्