आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै बाँके नरैनापुरको सन्तानेश्रर मन्दिर ।

बाँकेको नरैनापुर गाउँपालिकाको कोहला भन्ने ठाउँमा रहेको सन्तानेश्र मन्दिर यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेकोे छ । जंगलको बिच पहाडमा रहेको शिब मन्दिर मा पछिल्लो समय दैनिक पर्यटकको चहलपहल हुने गरेको छ ।
सन्तानेश्वर शिब मन्दिरमा सन्तान नहुनेहरुले सच्चा मनले व्रत बसेर पुजा गरे सन्तान प्राप्ती हुने धार्मिक बिश्वास रहीआएको । पछिल्लो समय दैनिक जसो मन्दिर दर्शन गर्नेहरुको घुइचो देखिन्छ । नेपालगन्ज , कोहलपुर , बर्दिया लगायतका क्षेत्रबाट आन्तरिक पर्यटकहरु दर्शनको लागि जाने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्