बाँकेमा कोरोना भाइरसको जोखिम उतिकै रहेको छ । लामो समयदेखी कोरोना भाइरसका कारण बन्द भएका सरकारी तथा गैरसरकारी कार्यालयहरु, उद्योग ,कलकारखाना, व्यापार व्यवसायहरु खुल्ला भएतापनी कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्यामा भने कमी आउन सकेको छैन । बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दियाका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । ठाकुरबाबा नगरपालिका ४ की ६३ वर्षीया महिला र राजापुर नगरपालिका १० का ६५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । यो संगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ७० जना र बाँकेका ३११ जनाको मृत्यु भएको छ ।