तुल्सीपुर / जिम क्लबभित्र एक युवामाथि खुकुरी प्रहार गरिएको छ। आज बिहान तुलसीपुर ८ दोघरेमा रहेको केएम जिम क्लबमा जिम गरिरहेका तुलसीपुर ५ रानी जरुवाका २३ वर्षीय विशाल सुनारमाथि खुकुरी प्रहार भएको हो। खुकुरी प्रहारबाट सुनार घाइते भएका छन्। प्रहरीका अनुसार पुरानो रिसिबीका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। खुकुरी प्रहार गर्ने बबई गाउँपालिका ५ का ३२ बर्षीय निर्मल बस्नेतले पुरनो रिसिबीका कारण खुकुरी प्रहार भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ।खुकुरी प्रहार गर्ने बस्नेत फरार छन् भने प्रहरीले बस्नेतको खोजी कार्यलाई तिब्र बनाएको छ।घाइते सुनारको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटना आज बिहान ६ बजे भएको हो।