२९ असार, काठमाडौं

पछिल्लो २४ घण्टामा २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५८ जनामा गरिएको पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २,३९८ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०७८ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।

कुन जिल्लामा कति संक्रमहित थपिए ?

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४१०, झापामा १४८, कास्कीमा १४६, सुनसरीमा १११ र ललितपुरमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै भक्तपुरमा ८०, मोरङ र नुवाकोटमा ६०/६० जना, चितवनमा ५३, दोलखामा ४५, कञ्‍चनपुरमा ३५, मकवानपुरमा ३१, कैलालीमा २९, काभ्रेपलाञ्चोमा २३, रुपन्देही र सल्यानमा २२/२२ जनामा कोरोना संक्रमित थपिएका छन् ।नवलपरासी पूर्व, बागलुङ र सुर्खेतमा २१/२१ जना, पाल्पामा २०, धादिङ र तनहुँमा १४/१४ जना, बारामा १२ र स्याङजामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।यस्तै १० वर्ष मुनिका १० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।