बाँकेको बैजनाथ गाउँपालिका वडा न ४ का किसानहरुले पहीलो पटक चैते धान उत्पादन गर्न सफल भएका छन् । बर्खे धान भदा चैते धानको उत्पादनमा दोब्बर बृद्धि हुने भएपछि पहीलो पटक बैजनाथ गाउँपालिका वडा न ४ का किसानहरुले चैते धान उत्पादन गर्न सफल भएका हुन् । यो बर्ष परीक्षणका लागि ११ कठ्ठा खेतमा चैते धान लगाइएको बैजनाथ गाउँपालिका कृषि बिकास शाखा प्रमुख प्रमोद कुमार बिश्वकर्माले जानकारी दिनुभयो । चैतमा रोपेको धान यतिबेला किसानहरुले भित्राईरहेका छन् । चैते धान लगाउने किसानलाई निशुल्क परामर्श उपलब्ध गराउने बिश्वकर्माले जानकारी दिनुभयो । बैजनाथ गाउँपालिका वडा न ४ का किसानहरुले चैते धान फलाएर अन्य किसानहरुलाई उत्पादनमा जोडिन हौसला दिएका छन् । चैते धान खेती गरेका यहाँका किसान अहिले घरमा धान भित्र्याउइरहेका छन् । चैते धान बर्से धान खेतीभन्दा राम्रो उत्पादन हुने किसानको भनाइ छ । चैते धान खेती गर्ने किसानहरुलाई सहयोग गर्ने बिश्वकर्माले जानकारी दिनुभयो । बाँकेमा चैते धान फल्ने खेतमा गँहु, मकै र तरकारीको खेती गर्ने चलन छ ।