काेहलपुर

चर्को घाम होस् या झरी, ६४ वर्षीया दिर्घ बहादुर सार्की कोहलपुर न्यूरोडको सडक पेटीमा सधैं व्यस्त भेटिन्छिन । पुराना र फाटेका चुत्ता/चप्पल सिलाउन औंला चलाइरहन्छन । सडकपेटीमा बसेर जुत्ता–चप्पल सिलाउँनु उनको रहरको पेशा हैन । पहाडी जिल्ला म्याग्दीबाट २०६७ सालमा बाँकेको कोहलपुरमा झरेका र्दिघ बहादुर आर्थिक अवस्था कमजोरका कारण अन्य पेशा अंगाल्न सकेनन् । पुर्खौली पेशा भएकाले पहाडी जिल्लामा पनि उनको दैनिक फाटेका जुत्ता चप्पल सिलाएर नै बित्यो ।

म्यादी पुर्ख्यौली घर भएको उनको परिवार कामकै सिलसिलामा कोहलपुर झर्यो । कोहलपुर न्युरोडको सडकपेटीमा उनको दिन बित्छ । उनले भने ‘दुःखमा जीवन धान्ने सीप नै रहेछ ।’ जुत्ता–चप्पल सिलाएको २० देखि एक सय रुपैयाँसम्म लिने गर्छु । ‘यही सीपले पेट पालेका छौं,’ उनले भने कोहलपुरमा डेरा गरी बसिरहेका दिर्घबहादुरलाई कोरोना भाइरसको बन्दाबन्दीले हातपाउ जोडन समेत मुस्किल भयो । उमेरले ६० काटिसकेका दिर्घबहादुर जस्तै अन्य व्यक्तिहरु पनी न्यूरोडको छेउछाउमा फाटेका जुत्ता चप्पल सिलाएर जिपिकोपार्जन गरिरहेका छन् ।

दिर्घ बहादुर जस्तै अर्की पात्र हुन दीपा सार्की । तिनैमध्येकी ३५ वर्षीया मीना सार्की पनि आठ वर्षदेखि जुत्ता–चप्पल सिलाउने काम गर्छिन । डेढ वर्षअघि जन्डिसले पतिको मृत्यु भयो । उनका तीन छोरी र एक छोरा छन । हातमा सीप थिएन । काम गर्न खोज्दा काम पनि पाइएन । पतिलाई सघाउन सडकपेटीमा बस्दाबस्दै उनले पनि जुत्ता–चप्पल सिलाउन जानिन । त्यही सीपले अहिले उनको जीवन नै बदल्दै छ ।

छोराछोरी पाल्न मीनाले पनि सडकपेटी नै रोजेकी हुन । अहिले उनी कोहलपुर एकतानगर–१० मा बस्छिन । तीन छोरीमध्ये जेठीको बिहे भयो । कान्छी कक्षा ७ मा पढ्दै छन । माइलीले पढ्न छाडिन । ‘समयमा सीप सिकेर काम लाग्यो,’ उनले भनिन्, ‘अहिले आएर यही सीप छोराछोरी पाल्ने बाटो बन्यो ।’ सडकपेटीमा जुत्ता–चप्पल सिलाउने कामसँगै प्रतिजोर जुत्ता पोलिस गरेको ४० रुपैयाँ लिन्छिन । महिला देखेर पुरुषहरू आउन हिचकिचाउने गरेको उनको बुझाइ छ । कोहलपुरमा छोराछारीसहित एउटा कोठामा बसेर उनले गुजारा गरेकी छन् । ‘जुत्ता बनाउन जानेको भए अझै बढी पैसा कमाउँथेँजस्तो लाग्छ,’ उनले भनिन्, ‘हामीजस्ता सीप भएका महिलालाई पनि तालिमको व्यवस्था भए राम्रो हुन्थ्यो ।’ जुत्ता–चप्पल सिलाउने मात्र होइन, जुत्ता–चप्पलको बनोट हेरेर कमजोर र बलियो थाहा पाउने खुबी पनि आफूसँग भएको दाबी गर्छिन ।