काठमाडौं, असार २५

नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा क्रियाशील रहेका मणि थापा, टोपबहादुर रायमाझीलगायत नेताहरू आज निर्वाचन आयोग जाने भएका छन्।नेकपा माओवादीको दल दर्ता खारेजीको माग गर्दै परेको निवेदनउपर आयोगले के गरिरहेको छ भन्ने जानकारी लिन उनीहरू आज आयोग जान लागेका छन्।

नेता मणि थापाले आफूहरू आज बिहान ११ बजे निर्वाचन आयोग जाने सेतोपाटीलाई बताए।नीहरूको समूहले असार २३ गते आयोगमा माओवादीले लामो समयदेखि महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेजीको निवेदन दिएका थिए।माओवादी छाडेर एमालेमा गएका रामबहादुर थापा बादललगायत उनको समूहले माओवादीको दल दर्ता खारेजी हुनुपर्ने बताइरहेको छ।संविधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको हैसियत गुमिसकेकोले दल दर्ता खारेजी गरिपाऊँ भनेर आयोगमा निवेदन परेको थियो।सेतोपाटी