काठमाडौँ, २५ असार। अभिनेत्री जेनी कुँवर मृत फेला परेकी छन् । बिहीबार बेलुकी काठमाडौंको थापागाउँस्थित अपार्टमेन्टमा उनि मृत फेला परेकी हुन्।

‘उनको शव झुन्डिएको अवस्थामा फेला परेको हो । घटनास्थलले उनको आत्महत्या भएको देखिन्छ भने घटनास्थलमा सुसाइड नोट पनि भेटिएको प्रहरीले जनाएको छ।

जेनीले ‘घायल’, ‘खरानी’, ‘हलचल’, ‘जिन्दगानी’, ‘मैदान’, ‘जीवनदाता’ लगायत दर्जन फिल्ममा अभिनय गरेकी छन् । ५० वर्षीया जेनी पछिल्लो समय पशुपति क्षेत्रमा माता बन्दै हिँडेपछि युट्युबमा चर्चित बनेकी थिइन् ।