बाँकेमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन आजदेखि लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालयले बाँकेले दोस्रो चरणको भेरोसेल खोपको सेवा लिन पहिला चरणमा तोकिएका खोप केन्द्रमा उपलब्ध गराउने जानकारी दिएको छ । भेरोसेल खोपको पहिलो डोज लगाइसकेकालाई स्वास्थय कार्यालय बाँकेले आजदेखि दोस्रो डोज दिन लागेको हो । गएको जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो डोज दिइएको थियो ।