अफजल खान / बर्दिया

बर्दियाको नेपाल बहु-जाति,  बहु-भाषिक,  बहु-धार्मिक र बहु-सांस्कृतिक स्वतन्त्र मुलुक हो। विगत १०० वर्षअघि नेपालको तराई क्षेत्रमा मानव बस्ती कत्ति पनि थिएन।

नेपालमा थारू जाति भारतको थार मरुभुमीबाट बसाई सरेर नेपाल आएको मानिन्छ। त्यसबेला तराई औलो रोगले व्यापक गरस्त थियो। सरकारले यस क्षेत्रमा मानव बस्ती बसाउँन मानिसलाई धैरै सेवा सुबिधा र जग्गा उपलब्ध गराएको थियो। पछि धेरै ठाउँबाट मानिसहरु केतिपाति गर्न यहाँ आउन थाले र मानव बस्ती बाक्लिँदै गयो।

विगतमा थारू संस्कृति, परम्परा र सभ्यता अरू जाति भन्दा नकै भिन्न थियो। अरू जातिको आगमन र आधुनिक समाजको विकासले ति संस्कृति, परम्परा र सभ्यता बिस्तारै लोप हुँदै गएका छन्। पर्यटकको आकर्षणको केन्द्र बन्दै आएपछि मानिसहरूमा आफ्नो परम्परा जोगाउँनु पर्ने मानसिकताको विकास भयो। पर्यटकलाई आफ्नो परम्परा देखाउँदा केही आम्दानी पनि हुने अनि भावी पुस्तालाई त्यो परमपरा सहजै सुम्पिन मिल्ने भएपछि मानिसहरू बढी आकर्षित भए।थारू जातिमा धेरै थरीका नाँचहरू प्रख्यात छन्। जसमा सखिया नाँच सर्वाधिक रुचाइएको नाँच हो। नेपालको एक मात्र थारू होमस्टे डल्लागाँउ, बर्दियामा लाठी नाँच प्रख्यात छ। संरक्षणका बिभिन्न कार्यक्रममा बर्दियाका बिभिन्न ठाउँ जस्तै मनाउ, राजापूर, गुलरिया, बानुँगाउ, ताराताल, बाराबर्दिया आदीबाट फरक-फरक भावका मौलिक नाँच र संस्कृति देख्न पाइन्छ। थारू जातिमा महिला र पुरुषको आफ्नै मौलिक कपडाहरू हुन्छन्।

हरेक पर्वमा यिनीहरू आफ्ना मौलिक कपडा अनि गहनाहरू लगाउँछन्। माघी थारू जातिको विशेष पर्व भएकाले त्यो समयमा सबै जना मिलेर स्नान गर्न बाजागाजा सहित नदितिर जान्छन्। थारू खानामा सबै भन्दा स्वादिष्ट र स्वास्थ खाना ढिक्रीलाई मानिन्छ त्यस्तै माड (चामल उमालेर बनाइएको झोलिलो पदार्थ), घोंगी आदिलाई पनि विशेष प्रकारको खानाको रूपमा हेरिन्छ। थारू जातिमस खानाकस बिभिन्न परिकारहरू हुन्छन्।

पुर्खाबाटै मुसाको अचार धेरै लोकप्रिय छ। थारू जातिमा जाँड र रक्सी खानुलाई नराम्रो मानिँदैन त्यसैले बिभिन्न चाडपर्वमा परिवारका सबै सदस्य मिलेर जाँड रक्सी मिलेर खाने गर्छन्। लाई विशेष सत्कार झोल (जाँड) र मुसाको चट्नी खुवाएर गरिन्छ । यहाँका हरेक जातिमा संरक्षणको ज्ञान गहिरो रुपमा परेको छ। त्यस्तै थारू जातिमा त झन् दह्रो छ। धार्मिक पहिचानसँग जोडिएको थारू संस्कृति चौधरीयवाहरू चोरीशिकार नियन्त्रणमा लागेपछि संरक्षणमा धेरै ठुलो टेवा पुगेको छ। यस्तो प्रतिभाले राष्ट्रको प्रचार देश तथा विदेशमा व्यापक हुनेछ जसले गर्दा राष्ट्रमा पर्यटकको ओहिरो लाग्नेछ।थारू जातिको उत्थान र प्रबन्धनमा राष्ट्रले समयमै केही गर्न पर्ने आवश्यक देखिन्छ।

यस्तै नेपालमा भएका अरू जातिका परमपराको पनि उत्तिकै सम्मान र विकास गर्न आवश्यक छ। हाम्रो संस्कृति बाँचे हाम्रो सभ्यता बाँच्छ अनि सभ्यता बाँचे हामी बाँच्छौ। सबै जातजाती, भाषाभाषी, धर्म आदीका मान्छे मिलेर एकताको अभियानमा साथ दियौँ भने राष्ट्रले प्रगति गरेको चाँडै नै देख्न पाउछौँ।