बाँके / निषेधाज्ञा उल्लंघन गदै सवारीसाधान चलाएको भन्दै जिल्ला ट्राफिक कार्यालय बाँकेले दुई सय भन्दा बढी सवारीसाधनलाई २ घण्टा होल्ड गरेर छाडेको छ । जोर नम्वरका सवारीसाधन चल्नु पर्ने दिन विजोर नम्वरका सवारी साधन चलाउनेहरुलाई २ घण्टा होल्ड गरेर छाडिएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जानकारी दिएको छ । ट्राफिक प्रमुख राजु भण्डारीका अनुसार जोर प्रणालीका सवारी साधन चल्नु पर्ने दिन विजोर नम्वरका सवारीसाधन चलाएको भन्दै १ सय ३ वटा मोटरसाइकल, ६३ वटा अटो र ३६ वटा जीप, कार र भ्यानलाई २ घण्टा होल्ड गरेर छाडिएको बताउनुभयो । स्थानीय प्रशासनले सार्वजनिक सवारीसाधनमा जोरविजोर प्रणाली लागू गरेर सञ्चालनको अनुमति दिएको छ । ।